
२४ जेठ, काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले पार्टीलाई एकताबद्ध बनाउने प्रयास विरुद्ध फेरि अनर्गल प्रचार शुरु भएको बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा भुसालले एकताको कुरा गर्दा आत्मसमर्पण र विवादको कुरा गर्दा विभाजनको रुपमा व्याख्या गर्ने समूह तयार भएको उल्लेख गरेका छन् ।
‘हामीले एकताको कुरा गर्दा त्यसलाई आत्मसमर्पणको रुपमा व्याख्या गर्ने र विवादको कुरा गर्दा विभाजनको रुपमा व्याख्या गर्ने समूह नै तयार भएको छ’, उनले लेखेका छन् । यस्तो समूहलाई उनले पञ्चायतकालका मण्डलेसँग तुलना गरेका छन् ।
पञ्चायत धराशायी हुनुमा सत्ताबाटै संरक्षित समूह मण्डले कारण रहेको भुसालले उल्लेख गरेका छन् । ‘त्यसबेलाका कतिपय पञ्चहरु नै त्यस समूहसँग आजित भएर संसदमै ‘सुकुलगुण्डा’ भनेर विरोध गरेको सम्झिन्छु’, उनले लेखेका छन् ।
एमालेको राजनीतिलाई विकृत बनाउन पनि त्यस्तै समूह खडा भएको त होइन भन्दै भुसालले प्रश्न गरेका छन्, ‘अनि परिणाम पनि त्यस्तै हुने त होइन ?’
प्रतिक्रिया 4