Comments Add Comment

विक्कीले अन्य नायिकासँग अन्तरंग दृश्य दिएको हेर्न चाहन्नन् कट्रिना

बलिउड नायक रणवीर कपुरसँग ब्रेकअपछि नायिका कट्रिना कैफ केही बर्ष तनावमा रहिन् । उनै, कट्रिनाले पछिल्लो केही महिनादेखि भने आफ्नो नयाँ साथी पाएकी छिन् ।

भारतीय मिडियामा नायक विक्की कौशल र नायिका कट्रिना कैफको प्रेम चर्चा चलिरहेको छ । चलचित्र ‘भूत’को विशेष शोमा विक्कीसँग कट्रिना देखिएकी थिइन् । यसपछि, मुकेश अम्बानीले आयोजना गरेको होली पार्टीमा पनि विक्की र कट्रिना एकसाथ पुगेका थिए ।

यी दुई कलाकार एकैदिन कोरोना संक्रमण पनि देखिएको थियो । यसैले, पनि यी दुई प्रेममा रहेको चर्चा भारतीय मिडियामा चल्नु नयाँ कुरा होइन ।

भारतीय मिडियाका अनुसार, विक्की र कट्रिना सामाजिक संजालबाट प्रेम सम्बन्ध सार्वजनिक गर्न चाहिरेका छन् । तर, विक्कीका पिताले उनीहरुलाई रोकेका थिए ।

विक्कीको करिअर बलिउडमा उचाइमा छ । यस्तो, समयमा आफ्नो छोरा प्रेमको चर्चाले मिडियामा नछाओस् भन्ने विक्कीका पिताको भनाई छ ।

भारतीय मिडियाका अनुसार, विक्कीलाई लिएर कट्रिना गम्भिर छिन् । उनले, चलचित्रको पर्दामा विक्कीले अन्य नायिकासँग चुम्बन नगरुन् भन्ने चाहेकी छिन् । यसैले, विक्कीले आफ्नो आगामी चलचित्रमा अन्य नायिकासँग अन्तरंग दृश्य कट्रिनाकै कारण नदिने भारतीय मिडियामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment