
२५ जेठ, काठमाडौं । ६० देखि ६४ वर्षका ज्येष्ठ नागरिकका लागि कोरोना भाइरसविरुद्धको खोप मंगलबारदेखि दिन थालिएको छ । काठमाडौं उपत्यकामा ६० देखि ६४ र अन्य जिल्लामा ६२ देखि ६४ वर्षका नागरिकलाई खोप वितरण गर्ने गरी अभियान सुरु गरिएको थियो ।
काठमाडौं महानगरपालिकाले मंगलबार ६४ वर्षका नागरिकका लागि खोप लगाउन वडास्तरमा खोप केन्द्र तोकेको छ । चीनले ८ लाख डोज भेरोसेल खोप दिएपछि ज्येष्ठ नागरिकलाई खोप दिइएको हो । खोप लगाउन धेरै खोप केन्द्रमा ज्येष्ठ नागरिक लामो लाइन बसेका थिए ।
यसअघि पहिलो डोज कोभिशिल्ड खोप लगाएकाले भने यो खोप पाउने छैनन् । उनीहरुका लागि सरकारले एस्ट्राजेनेकाले उत्पादन गरेको खोप ल्याउने तयारी गरेको छ ।
हेर्नुहोस् तस्वीरहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4