Comments Add Comment

सिभिल अस्पताललाई डेढ करोड बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण

२६ जेठ, काठमाडौं । च्वाइस हृयुमनिटेरियन नेपालले काठमाडौंस्थित निजामती अस्पताल -सिभिल अस्पताल)लाई करिब डेढ करोड रुपैयाँ बराबरका स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

च्वाइस हृयुमनिटेरियन नेपालका कार्यकारी निर्देशक प्रतीक शर्माले स्वास्थ्य सामग्रीहरु सिभिल हस्पिटलका कार्यकारी निर्देशक प्रा.डा. विधान निधी पौडेललाई हस्तान्तरण गरे ।

च्वाइस हृयुमनिटेरियन नेपालले भेन्टिलेटर १ थान, पोर्टेबल युएसजी १ थान, इमर्जेन्सी ट्रली ५ थान, अक्सिजन सिलिन्डर ४० थान, अक्सिजन कन्सन्ट्रेटर १० थान, स्यानिटाइजर ५ सय लिटर, आरटी पिसिआर २ हजार थान, एन्टिजेन किट ५ सय थान, सर्जिकल मास्क १ लाख थान, एन-९५ मास्क २ हजार थान, सर्जिकल ग्लोब्स १५ सय थान, सर्जिकल क्याप ५ सय थान, पल्स अक्सिमिटर ३० थान, क्यानुला २ हजार थान, बेड सिट १ सय थान, अक्सिजन ˆलोमिटर ५० थान, थर्मोगन १० थान लगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

बागमती प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठको पहलमा यी स्वास्थ्य सामग्रीहरु सिभिल अस्पताललाई प्रदान गरिएको हो । हस्तान्तरण कार्यक्रममा उपस्थित सांसद श्रेष्ठले च्वाइस हृयुमनिटेरियनले दिएको स्वास्थ्य सामग्रीले अस्पतालमा आउने बिरामी र स्वास्थ्यकर्मीलाई थप सुविधा हुने विश्वास व्यक्त गरे ।

उनले अस्पताललाई आवश्यक पर्ने मेडिकल सामग्री, अक्सिजन प्लान्टलगायतमा थप सहयोग गर्दै जाने प्रतिबद्धतासमेत जनाए ।

वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयसँग सम्झौता गरेर सिभिल अस्पताललाई हाल १५० बेडको कोभिड अस्पताल बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment