Comments Add Comment

कैलालीमा साथीको हत्या गरेको आरोपमा युवक पक्राउ

२६ जेठ, धनगढी । कैलालीमा साथीको हत्या गरेको आरोपमा युवक पक्राउ परेका छन् । जिल्लाको लम्कीचुहा नगरपालिका–२ मोतिपुरमा डेरा गरेर बस्दै आएका कैलारी गाउँपालिका–४ का ३९ वर्षीय सोमबहादुर बस्नेतलाई आफूसँगै बस्ने साथीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले बस्नेतलाई उनीसँगै बस्दै आएका धनगढीका ३६ वर्षीय विशाल बुढाथोकीको हत्या गरेको आरोपमा पक्राउ गरिएको जानकारी दिए । उनका अनुसार बुढाथोकीको टाउकोमा चोट लागेको अवस्थामा २४ जेठमा कोठामै मृत फेला परेका थिए ।

घटनाको अनुसन्धान गर्दै जाँदा हत्या गरिएको आशंकामा फरार भएका बस्नेतलाई लम्कीचुहा नगरपालिकाको वीरेन्द्र सामुदायिक वनमा लुकेको अवस्थामा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक बिष्टले जानकारी दिए ।

प्रारम्भिक अनुसन्धानबाट दुवै जनाले घरेलु मदिरा सेवन गरेपछि आपसमा विवाद हुँदा बस्नेतले कोठामै रहेको फलामको कर्नीले टाउकोमा हिर्काएर हत्या गरेको बुझिएको प्रहरीले जनाएको छ । अहिले उनलाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment