
बलिउडमा अपेक्षित सफलता हासिल गर्न नसकेकी नायिका यामी गौतमले केही दिन अगाडि मात्र बिहे गरिन् । यामीले बिहेको तस्वीर सार्वजनिक गरेसँगै उनका फ्यानहरु आश्चर्यमा परे । किनकी, यामीको बिहे र प्रेमको खबर मिडियामा चर्चामा थिएन ।
उनै, यामी बिहे लगतै एक चलचित्रमा देखिने भएकी छिन् । बलिउडमा सफल चलचित्र दिइरहेका नायक अक्षय कुमारको मुख्य भूमिका रहने चलचित्र ‘ओ माई गड २’मा यामीले काम गर्ने पक्का भएको छ ।
चलचित्रमा अक्षय कुमार र कलाकार पंकज त्रिपाठीको मुख्य भूमिका रहनेछ । यामीको प्रवेशसँगै चलचित्रको टिमअप पुरा भएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।
चलचित्र ‘ओ माई गड’मा कलाकार पारेश रावलको मुख्य भूमिका थियो ।
तर, यसपटक निर्देशक अमित रायले चलचित्रलाई फरक कथामा देखाउने तयारी गरेका छन् । चलचित्रको पर्दामा यामीले पहिलो पटक अक्षय कुमारसँग काम गर्न लागेकी हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4