
२७ जेठ, काठमाडौं । कोभिड–१९ उपचार सेवा सम्झौता गरेका निजी अस्पतालले कोरोना संक्रमितबाट शुल्क लिएको पाइएमा दर्ता खारेज गर्ने चेतावनी सरकारले दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै सरकारसँग सेवा सम्झौता गरेका निजी अस्पतालहरुले संक्रमितसँग शुल्क लिएको पाइएमा निःशुल्क कोभिड–१९ को सेवा प्रवाह गर्ने अस्पतालको सूचीबाट हटाउने, अस्पतालको दर्ता खारेज गर्ने तथा प्रचलित कानुन बमोजिम कारबाही गरिने चेतावनी दिएको हो ।
संक्रमित वा संक्रमितका आफन्तले सःशुल्क सेवा लिने भनी अस्पतालसँग लिखित रुपमा मञ्जुरीनामा गरेको अवस्थामा मात्रै सःशुल्क उपचारको व्यवस्था गर्न निजी अस्पतालहरुलाई मन्त्रालयले भनेको छ ।
हेर्नुहोस् विज्ञप्ति :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4