
२८ जेठ, काठमाडौं । ८ फागुनमा विराटनगरमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सप्तकोसीमा सहजरुपमा जेटबोट चलाउन नदीको बीचमा रहेको खुवालुङ (ढुंगा) क्रेनको प्रयोग गरेर भए पनि फुटाउने उद्घोष गरे ।
किराँती संस्कृति, सभ्यता र मन्धुमसँग जोडिएको आस्थाको केन्द्रमाथिको नांगो प्रहार भन्दै सरोकारवाला निकायले यसको विरोध पनि गरेका छन् । तर प्रधानमन्त्री भने विरोधकाबीच पनि आफ्नो अडानबाट पछि हटेनन् । किराँती समुदाय मात्रै नभएर सिंगो मुलुकले नै यसको विरोध गरेपनि अन्तत: सरकारले १५ जेठमा सार्वजनिक गरेको बजेटमा खुवालुङ फुटाउन बजेट नै विनियोजन गर्यो।

‘कोसी चतरादेखि भोजपुरसम्म जल यातायात सञ्चालन गर्न जलमार्गमा रहेका अवरोध हटाइनेछ’ आगामी आर्थिक वर्षको बजेटको ३०४ औं बुँदामा भनिएको छ । सरकार कुनै सम्प्रदायको आस्था मास्न यसरी लागिपरेको भन्दै अहिलेसम्म पनि सरोकारवालाहरुले विरोध गर्न छाडेका छैनन् ।
तर केन्द्र सरकारले बजेटमा खुवालुङ फुटाउने बारे बनाएको योजनालाई प्रदेश सरकारले भने काउन्टर दिएको छ । केन्द्र सरकारले बजेट छुट्याएको २ साता पनि नबित्दै बिहीबार प्रदेश १ सरकारले नीति तथा कार्यक्रममा खुवालुङको संरक्षण गर्दै त्यसलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने योजना ल्याएको हो ।
नीति तथा कार्यक्रमको १३५ औं बुँदामा भनिएको छ ‘किराँती संस्कृति, सभ्यता र मुन्धुमसँग जोडिएको सप्तकोसी नदीमा अवस्थित खुवालुङ ढुंगाको संरक्षण गर्दै जल यातायातसँगै त्यस क्षेत्रलाई ऐतिहासिक धार्मिक एवं सांस्कृतिक पर्यटकीय केन्द्रको रुपमा संरक्षण र विकास गरिनेछ ।’ प्रदेश सरकारको यो नीतिले केन्द्रको बजेटलाई भने काउन्टर दिएको छ ।

खुवालुङ कोशी चतरा पुलबाट पाँच किलोमिटर तथा चर्चित धार्मिकस्थल वराह क्षेत्रबाट एक किलोमिटर माथि पर्छ । करिब २० फिट चौडाइमा रहेको यो ढुंगामा ठूलो आकारको जेटबोट चलाउँदा ठोक्किने समस्या रहने भएकाले प्रधानमन्त्रीले नै यसलाई फुटाउने बताएका हुन् ।
तर किरात समुदायको सांस्कृतिकस्थल रहेकाले अभियन्ताहरुले जेटबोट चलाउन वैकल्पिक उपाय खोज्न दबाब दिँदै आएका छन् । खुवालुङ कोशी चतरा पुलबाट पाँच किलोमिटर तथा चर्चित धार्मिकस्थल वराह क्षेत्रबाट एक किलोमिटर माथि पर्छ ।
करिब २० फिट चौडाइमा रहेको यो ढुंगामा ठूलो आकारको जेटबोट चलाउँदा ठोक्किने समस्या रहने भएकाले प्रधानमन्त्रीले नै यसलाई फुटाउने बताएका हुन् ।
प्रतिक्रिया 4