Comments Add Comment

बागमती प्रदेशसभामा नीति तथा कार्यक्रममाथि छलफल

२८ जेठ, हेटौंडा । बागमती प्रदेश सभामा विपक्षी सांसदहरुले आगामी आर्थिक वर्ष २०७८-०७९ को नीति तथा कार्यक्रम असान्दर्भिक भएको टिप्पणी गरेका छन् ।

शुक्रबार सुरु भएको छलफलमा प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जमकट्टेलले उनले नीति तथा कार्यक्रम अव्यवहारिक तथा उपलब्धीमूलक नभएको भन्दै समर्थन गर्न नसक्ने बताए ।

उनले सत्तारुढ दलले आफूले जितेको ठाउँमा मात्र बजेट पठाएको आरोप लगाए । ‘सरकारले हतारमा नीति तथा कार्यक्रम र बजेट पास गर्नका लागि सांसदहरुले योजना मागेर बसेको छ’ जम्मकट्टेलले भने ।

सत्तारुढ नेकपा एमालेका सांसद राजेन्द्र पाण्डेले सुरुङ मार्ग प्राथमिकतामा राख्न नहुने र विद्युतीय बस सञ्चालन सरकारले गर्न नहुने धारणा राखे । ‘निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्न सरकारले सक्दैन । त्यसकारण हामी जनतालाई सुविधा पुग्ने गरी काम गरौं’ उनले भने ।

कांग्रेस सांसद प्रभात तामाङले प्रदेश सरकारले घोषणा गरेको परियोजना बैंक, नीति तथा योजना आयोग पूर्णरुपमा असफल भइसकेको टिप्पणी गरे । कोरोना महामारीलाई वेवास्ता गर्दै कर्मचारीलाई घुम्न जाने व्यवस्था मिलाउन लागिएको भन्दै उनले कर्मचारी भ्रमणको योजना असान्दर्भिक भएको बताए । नेमकिपा सांसद सुरेन्द्रराज गोसाईंले हालसम्म तीनवटा नीति तथा कार्यक्रम खेर गइसकेको र यो पनि जाने निश्चित भएको बताए ।

विवेकशील साझा पार्टीका सांसद रमेश पौड्यालले विगतको आर्थिक वर्षहरुको समीक्षा नगरी नीति तथा कार्यक्रम ल्याइएको कारण प्रभावकारी नहुने बताए । प्रदेशसभा बैठकमा ४७ जना सांसदले नीति तथा कार्यक्रममाथि धारणा राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment