+
+

माल्कोटमा विप्लवको स्वास्थ्य शिविर

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ २९ गते ९:४०

२९ जेठ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी विप्लव समूह निकट अखिल (क्रान्तिकारी) ले कालिकोटको माल्कोटमा स्वास्थ्य शिविर सञ्चालन गरेको छ । शिविरमा ६७ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विश्वकर्माका अनुसार ९ जनामा एन्टिजिन पोजेटिभ देखिएको छ । उनका अनुसार ३ सय बढी कोरोनाका बिरामीलाई अक्सिजनसहितको उपचार र औषधिको व्यवस्था पनि गरिएको छ ।

स्वास्थ्य शिविर २७ र २८ जेठमा सञ्चालन भएको थियो । माल्कोट विप्लव समूहको आधार क्षेत्र मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?