Comments Add Comment

कोपा अमेरिकामा पाराग्वेको विजयी सुरुआत

१ असार, काठमाडौं । पाराग्वेले ब्राजिलमा भइरहेको ४७औं संस्करणको कोपा अमेरिकामा विजयी सुरुआत गरेको छ । मंगलबार बिहान सम्पन्न समूह ए को खेलमा पाराग्वेले १० खेलाडी समेटिएको बोलिभियालाई ३-१ ले पराजित गरेको हो ।

पाराग्वेले एक गोलले पछि परेको अवस्थामा एक खेल कम भएको बोलिया विरुद्ध पुनरागमन गरेको हो ।

खेलको १०औं मिनेटमै एर्विन साभेद्रले गोल गर्दै बोलिभियालाई अग्रता दिलाएका थिए । तर पहिलो हाफको इन्जुरी टाइममा जाउमे कुएलर दोहोरो पहेँलो कार्ड पाउँदै मैदान बाहिरिएपछि बोलिभिया खेलाडीमा समेटियो ।

त्यसको फाइदा उठाउदै पाराग्वेल अन्तिम ३० मिनेटमा ३ गोल गर्‍यो । ६२औं मिनेटमा अलेजान्ड्रो रोमेरोले पाराग्वेका लागि बराबरी गोल फर्काए । एन्जल रोमेरोले ६५औं र ८०औं मिनेटमा गोल गरेपछि पाराग्वेले जित हात पारेको हो।

जितपछि पाराग्वे समूह ए मा ३ अंकसहित शीर्ष स्थानमा छ । यसै समूहको अर्को खेलमा अर्जेन्टिना र चिलीले १-१ को बराबरी खेल्दै अंक बाँडेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment