Comments Add Comment

सिन्धुपाल्चोकमा स्वास्थ्य सामग्री वितरण

१ असार, काठमाडौं । नेपाल मेडिकल एसोसिएसन लगायतका विभिन्न सहयोगी संस्थाहरुले उपलब्ध गराएको स्वास्थ्य सामग्रीहरु सिन्धुपाल्चोक जिल्लामा वितरण गरिएको छ ।

नेपाल विद्यार्थी संघका महामन्त्री बलदेव तिमल्सिनाको नेतृत्वमा अक्सिजन कन्सन्ट्रेटर, मास्क, सेनिटाइजर लगायतका स्वास्थ्य सामग्रीहरु वितरण गरिएको हो । ‘कोभिड–१९ महामारीविरुद्धको हाम्रो अभियान’ अन्तर्गत सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाका ९ वटै वडा, बलेफी गाउँपालिकाका ८ वटै वडा र त्रिपुरासुन्दरी गाउँ पालिकाका ६ वटै वडा तथा स्वास्थ्य चौकीका निम्ति सामग्रीहरु प्रदान गरिएको तिमल्सिनाले बताए ।

सिन्धुपाल्चोक जिल्ला अस्पताल चौतारा र प्राथमिक स्वास्थ्य केन्द्र जलबिरेका निम्ति नेपाल मेडिकल एसोसिएसनले अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराएको थियो । यसैगरी पीपीई सेट, मास्क, ग्लोभ्स, फेससिल्ड, सेनिटाइजर, डिजिटल थर्मामिटर, अक्सिमिटर, सिटामोल, जीबनजल लगायतका सामग्री विभिन्न संघ संस्था तथा सहयोगीहरुले दिएका थिए ।

जिल्ला अस्पताल चौतारालाई २ थान अक्सिजन कन्सन्ट्रेटर र जलबिरे प्राथमिक स्वास्थ्य केन्द्रलाई १ थान अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराइएको तिमल्सिनाले बताए ।

कोभिड–१९ महामारीविरुद्धको अभियानमा जिल्ला स्वास्थ्य कार्यालय सिन्धुपाल्चोक, नेपाल महिला संघ, नेपाल शिक्षक संघ, स्थानीय नेता कार्यकर्ता लगायतले साथ दिएको तिमल्सिनाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment