+
+

बलिउड निर्देशक तथा कलाकार चन्द्रशेखरको निधन

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २ गते १३:३५

बलिउडका निर्देशक तथा कलाकार चन्द्रशेखरको ९७ बर्षको उमेरमा निधन भएको छ । उनको आज बिहान ७ बजे निधन भएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

उनको अन्तिम संकार आज नै गर्ने तयारी उनको परिवारले गरेको छ । चन्द्रशेखरका छोरा अशोकले भारतीय मिडियासँग कुरा गर्दै उनको निधन सुतिरहेको समयमा भएको बताएका छन् । स्वास्थ्यमा कुनै समस्या नभएको भन्दै उनले शान्तिपूर्ण तरिकाले पिताले अन्तिम सास लिएको बताएका छन् ।

चन्द्रशेखरले २५० भन्दा बढी चलचित्रमा काम गरेका छन् । उनले नायकको रुपमा सन् १९५३ मा ‘सुरंग’ नामक चलचित्रमा काम गरेका थिए । उनले ‘गेटवे अफ इन्डिया, फेसन, बरसात कि रात’ लगायतका चलचित्रमा पनि काम गरेका छन् ।

उनले, हिट म्यूजिकल चलचित्र ‘चा चा चा’मा निर्देशक, निर्माता र नायकको रुपमा भूमिका निर्वाह गरेका थिए । यो चलचित्रमा बलिउड नायिका हेलेनले काम गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?