Comments Add Comment

युरोकपमा फिनल्याण्डमाथि रुसको जित

२ असार, काठमाडौं । रुसले १६ औं संस्करणको युरोकप अन्तर्गत फिनल्याण्डलाई १-० ले पराजित गरेको छ । यस संस्करणमा रुसको यो पहिलो जित हो ।

समूह बी अन्तर्गत बुधबार भएको खेलमा रुसले घरेलु मैदानमा फिनल्याण्डलाई पराजित गर्दै ३ अंक जोडेको हो ।

सेन्ट पिटर्सवर्ग स्टेडियममा रुसलाई जित दिलाउन एलेक्सी मिरानचुकले निर्णायक गोल गरे । उनले पहिलो हाफको इन्जुरी टाइममा टर्म ज्यूबाको पासमा गोल गरेका हुन् ।

त्यसअघि खेलको चौंथो मिनेटमा फिनल्याण्डका जोएल पोहजनपालोले गोल गरेका थिए । तर, भीएआरले उक्त गोललाई अफसाइड भन्दै मान्यता दिएन ।

यसै संस्करणमार्फत युरोकपमा डेब्यु गरेको फिनल्याण्डले पहिलो खेलमा डेनमार्कलाई पराजित गरेको थियो । उता रुस भने पहिलो खेलमा बेल्जियमसंग ३-० ले पराजित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment