Comments Add Comment

पुरुषको यौनांग खाइदिने संसारकै खतरनाक माछा

संसारमा कैयन् यस्ता विचित्र जीवहरु पाइन्छन् जसको आनीबानी निकै अनौठो हुन्छ । माछा प्रजाति पनि निकै विविधता तथा रहस्यले भरिएको प्रजाति हो । कतिपय माछाहरु विषाक्त हुन्छन् भने कतिपय माछा नरभक्षी पनि हुन्छन् ।

एउटा माछा त यस्तो छ जसले पुरुषको यौनांग खाइदिन्छ । एकजना मानिसको अण्डकोष खाइदिएको घटनापछि यो प्रजातिको माछालाई ‘टेस्टिकल इटिंग फिस’ अर्थात् अण्डकोष खाने माछाको नामले चिन्न थालिएको हो ।

यो यौनांगभक्षी माछाको नाम पाकु हो । यसलाई ‘नटक्रयाकर’ तथा ‘बल कटर फिस’ पनि भनिन्छ । यो माछा कुनै सार्क वा ह्वेलभन्दा कम भयानक छैन । यसका दाँत निकै शक्तिशाली तथा खतरनाक हुन्छन् ।

यो माछाको भयानकताको अनुमान त्यसबाट पनि लगाउन सकिन्छ कि पौडीबाजहरुलाई यो माछाबाट जोगिनका लागि खास दिशानिर्देश गरिएको हुन्छ । किनकि यो माछाले पुरुषको गुप्तांग खाइदिन्छ भनिन्छ ।

यो प्रजातिको माछा खासगरी अमेजन नदीमा पाइन्छ । तर अमेरिकाका केही तालहरुमा पनि यो माछा पाइएको छ ।

केही वर्ष पहिले न्युजर्सीको डेलरान सहरमा बस्ने रोन रोस्सी आफ्नो छोरा फ्रान्कसँगै एक तालमा गएर माछा मारिरहेका थिए । त्यसक्रममा उनले पाकु माछा पनि समाउन सफल भए । पाकु माछाका दाँत ठ्याक्कै मान्छेकै जस्ता हुँदा रहेछन् जुन देखेर रोस्सी निकै अचम्ममा परे ।

यो प्रजातिको माछा संसारमा दुर्लभ माछा मानिन्छ । ब्राजिलको अमेजन नदीका अलावा फ्रान्स, स्केन्डेनिभिया तथा ओशिनिया क्षेत्रका नदीहरुमा पनि यो माछा पाइएको छ ।

नेशनल जियोग्राफिकका अनुसार डेनमार्कमा पाकु माछाले एकजना पौडीबाज पुरुषलाई आक्रमण गरी उनको यौनांग चपाएर खाइदिएको थियो ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment