Comments Add Comment

रुपन्देहीमा अवरुद्ध पूर्वपश्चिम राजमार्ग खुल्यो

४ असार, बुटवल । रुपन्देहीको देवदहमा डाइभर्सन बगाउँदा तीन दिनसम्म अवरुद्ध पूर्व–पश्चिम राजमार्ग खुलेको छ ।

सडक डिभिजन कार्यालय बुटवलले उक्त स्थानमा पुनः डाइभर्सन बनाएपछि बिहीबार राति ९ बजेदेखि राजमार्ग सन्चालनमा आएको हो ।

बुटवल–नारायणगढ सडक चार लेनमा विस्तार गर्ने क्रममा बुटवल धागो कारखानाबाट ५ सय मिटर पूर्व देवदह र तिलोत्तमामा पर्ने सानो पुल भत्काएर चार लेनको बनाउन डाइभर्सन बनाइएकोमा भारी वर्षाले बगाइदिएको थियो ।

पुनः डाइभर्सन बनाएपछि बुटवलबाट उक्त स्थान हुँदै पूर्वतर्फ जाने सवारी साधनहरु चल्न थालेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

यस्तै सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्डको गौडापुलमा पहिरोले अवरुद्ध सडक पनि बिहीबार साँझदेखि एकतर्फी खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment