+
+

सिन्धुपाल्चोकको अवस्था कहालिलाग्दो छः आँचल शर्मा

अनलाइनखबर अनलाइनखबर
२०७८ असार ४ गते ११:५९

नायिका आँचल शर्मा र उनका टिमले बिहिबार सिन्धुपाल्चोक पुगेर सहयोग वितरण गरेको छ । नायिका आँचलको साथमा निर्देशक मिलन चाम्स, बसन्त निरौला, कलाकार रितेश चाम्स, ओएसआर डिजिटलका प्रमुख ओम अग्रवाल लगायतको टिमले सिन्धुपाल्चोकको मेलम्चीमा आएको बाढीबाट विस्थापित भएका परिवारलाई खाद्यन्न वितरण गरेको हो ।

सिन्धुपाल्चोक पुगेर फर्किएपछि नायिका आँचल शर्माले त्यहाँको परिस्थिती कहालीलाग्दो रहेको उल्लेख गरेकी छिन् । उनले, सबैको सपना मेलम्चीले बगाएर लगेको भन्दै सबै नेपालीहरु एकजुट भएर सिन्धुपाल्चोकबासीका बगेका सपनालाई पूल बनेर पुरानै लयमा फर्काउनुपर्ने बताएकी छिन् ।

उनले, यो अवस्थामा जसले जसरी सकिन्छ, त्यसरी नै सहयोग गर्नुपर्ने बताएकी छिन् । मेलम्चीमा बाढीले वितण्डा मच्चाएर सयौ मानिसहरुलाई विस्थापित गरेपछि कलाकारहरुले पनि सहयोग वितरणलाई तिव्रता दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?