Comments Add Comment

नेमारले आफ्नो कीर्तिमान तोडेको हेर्न चाहन्छन् पेले

४ असार, काठमाडौं । फुटबल सम्राट पेलेले आफ्नो देशका खेलाडी नेमारको प्रशंसा गर्दै उनी ब्राजिलका लागि सर्वाधिक गोल गर्ने खेलाडी बनेको हेर्न चाहेको बताएका छन् ।

घरेलु मैदानमा भइरहेको कोपा अमेरिकामा नेमारले दुवै खेलमा गोल गर्दै राष्ट्रिय टिममा गोल संख्या ६८ पुर्‍याएका छन् । उनी पेलेको कीर्तिमानी ७७ गोल भन्दा ९ गोलले मात्र पछि रहँदै सर्वाधिक गोल गर्नेमा दोस्रो स्थानमा छन् ।

शुक्रबार पेरुविरुद्ध ब्राजिलले ४-० को जित हात पार्दा नेमारले एक गोल गरेका थिए ।

पेलेले खेलपछि सामाजिक सञ्जाल इन्स्टाग्राममा नेमारसंगको फोटो पोष्ट गर्दै आफ्नो कीर्तिमान तोडोस् भन्ने चाहेको जनाएका छन् । ‘जब म यो केटोलाई देख्छु उनी हाँसिरहेका हुन्छन् । उनीप्रति हाँसो नफर्काउनु असम्भव जस्तै हुन्छ’ पेलेले लेखेका छन् ।

‘म, सबै ब्राजिलियनजस्तै उनी खेलेको देख्दा सधैं खुशी हुन्छु । आज, उनले गोल गर्दै ब्राजिलका लागि मेरो कीर्तिमानतर्फ अर्को फड्को मारेका छन् र म उनलाई त्यहाँ पुग्नका लागि समर्थन गरिरहेको हुन्छु’ पेलेले भनेका छन् ।

पेरुविरुद्ध गोल गरेपछि नेमारले गोल गर्नुभन्दा ब्राजिलका लागि खेल्न रमाइलो हुने प्रतिक्रिया दिएका थिए । अहिलेको अवस्थामा नेमार पेलेको कीर्तिमान तोड्न सक्ने खेलाडीको रुपमा देखिएका छन् । २९ वर्षीय नेमारले १० गोल गरेमा महान खेलाडी पेलेलाई पछि पार्नेछन् ।

नेमारले ब्राजिलका लागि १०७ खेल खेलेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment