२२ असार, काठमाडौं । नेपाली क्रिकेट टोलीका विकेटकिपर ब्याटर आसिफ शेख नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणका लागि लुम्बिनी लायन्समा अनुबन्ध भएका छन् ।
तेस्रो संस्करणअघि जनकपुर बोल्ट्सबाट रिलिज भएका आसिफ लक्की ड्र मार्फत लुम्बिनीमा पुगेका हुन् । उनीमाथि उनकै पूर्वटोली जनकपुर बोल्ट्ससहित ७ टोलीले बोली लगाएका थिए । चितवन राइनोजले मात्र बोली लगाएको थिएन ।
क्याटेगोरी ए का खेलाडी आसिफ बेस मूल्य १५ लाखबाट सुरु भएर अधिकतम २० लाखसम्म पुग्दा ७ टोलीको बोली लागेपछि लक्की ड्र मा डिफेन्डिङ च्याम्पियन लुम्बिनी भाग्यमानी साबित भयो ।
आसिफले सुरुवाती दुई संस्करणमा जनकपुरको मार्की खेलाडीको रूपमा खेलेका थिए ।
प्रतिक्रिया 4