+
+

माइक्रोसफ्टको विन्डोज ११ सार्वजनिक हुँदै, यी हुन् मुख्य परिवर्तन

अनलाइनखबर अनलाइनखबर
२०७८ असार ८ गते १३:५९

सन् २०२५ देखि विन्डोज १० बन्द गर्ने घोषणा गरेको माइक्रोसफ्टले आफ्नो नयाँ संस्करणको विन्डोज अपरेटिङ सिस्टम विन्डोज ११ यही हप्ता सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

जुन २४ अर्थात् आगामी बिहीबार हुने माइक्रोसफ्टको एक विशेष समारोहमा विन्डोजको नयाँ भर्सन सार्वजनिक हुनेछ जसलाई माइक्रोसफ्टले विन्डोज अपरेटिङ सिस्टममा भएको अहिलेसम्मकै ठूलो अपडेट भनेको छ । उक्त सार्वजनिकीकरण समारोहलाई माइक्रोसफ्टको युट्युब च्यानलमार्फत् विश्वका करोडौँ प्रयोगकर्ताहरुले प्रत्यक्ष हेर्न पाउनेछन् ।

नयाँ संस्करणको विन्डोज सार्वजनिक हुनु अगावै त्यसका कतिपय फिचरहरु लिक भैसकेका छन् । विभिन्न विस्तस्तरीय प्रविधि सम्बद्ध वेबसाइटहरुले विन्डोज ११ का विषयमा खुलासाजन्य समाचाहरु प्रकाशित गरिसकेका छन्, जसले विन्डोज ११ मा प्रयोगकर्ताहरुले नयाँ कुरा के पाउनेछन् भन्ने लगभग प्रष्ट भैसकेको छ ।

कतिपय वेबसाइटहरुबाट विन्डोज ११ को उक्त लिक्ड भर्सन डाउनलोडसमेत गर्न सकिन्छ । सोही आधारमा विद्यमान विन्डोज १० भन्दा विन्डोज ११ मा गरिएका केही महत्वपूर्ण परिवर्तन यस्ता छन् :

स्टार्ट मेनुमा परिवर्तन

कम्प्युटरको स्टार्ट मेनु सबै विन्डोज प्रयोगकर्ताका लागि हब हो । माइक्रोसफ्टले नयाँ अपरेटिंग सिस्टममा स्टार्ट मेनुमा केही परिवर्तन गरेको छ ।

स्टार्ट मेन्यूलाई कम्प्युटर स्क्रिनको हालको देब्रे कुनाबाट टास्कबार सहित बीच भागमा ल्याइएको छ । तर प्रयोगकर्ताका लागि स्टार्ट मेनु देब्रे भागमै राख्ने अप्सन पनि उपलब्ध हुनेछ ।

प्रयोगकर्ताले यसमा हालै थप गरिएका र सर्वाधिक प्रयोग हुने एपहरुको सूची देख्न पाउनेछन् । साथै प्रयोगकर्ताले स्टार्ट मेनुमै पिन गरिएका एप्हरुको सर्टकट पनि देख्न पाउँदछन् । त्यस्तै माइक्रोसफ्टले विन्डोज ७ पछाडि पहिलोपटक स्टार्टअप जिंगल पनि ल्याउँदैछ । साथै स्टार्टअप साउण्ड र विजेट्समा पनि परिवर्तन गरिएको छ ।

लोगोमा परिवर्तन

विन्डोज ११ का सबैजसो आइकनहरु रिडिजाइन गरिएको छ जसले यो अपरेटिङ सिस्टमलाई नयाँ लुक्स दिनेछ । आइकनहरुलाई बढी रंगीन बनाइएको छ । विन्डोजको विद्यमान लोगोमा पनि केही परिवर्तन गरिएको छ ।

maximize बटनमा परिवर्तन

विन्डोज ११ मा प्रयोगकर्ताले maximize बटनमा क्लिन गर्दा विन्डोज लक अप्सन पनि प्राप्त गर्नेछन् । साथै म्याक्सिमाइज आइकनभित्रै एकसाथ विभिन्न विन्डोजहरुलाई डेस्कटपमा साइड बाइ साइड खोल्ने र मिलाएर राख्ने अप्सन पनि हुनेछ ।

एक्सबक्सको नयाँ एप

विन्डोज ११ मा नयाँ एक्सबक्स एप हुनेछ जसले प्रयोगकर्तालाई सिधै गेमपास तथा अन्य एक्सबक्स सोसल फिचरहरुमा पहुँच हुनेछ ।

विन्डोज स्क्रिनको विद्यमान तिखो कर्नरलाई परिवर्तन गरी विन्डोज ११ मा स्क्रिनको तिखो छेउलाई राउन्डेड बनाइएको छ ।

विन्डोज १० प्रयोगकर्ताका लागि निःशुल्क रुपमा विन्डोज ११ को अपडेट प्राप्त हुने पनि बताइएको छ ।

विन्डोज ११ लाई माइक्रोसफ्टले आफ्नो अपरेटिङ सिस्टमको अहिलेसम्मकै ठूलो अपडेट हुने दाबी गरेको छ ।

लिक भएको विन्डोज ११ का विषयमा उसले आधिकारिकरुपमा केही बताएको छैन । त्यसैले विन्डोज ११ का सबै आधिकारिक फिचरहरुबाट थाहा पाउनका लागि आगामी बिहिबारसम्म पर्खनैपर्ने हुन्छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?