+
+
Shares

बागलुङमा दुई जना कोरोना संक्रमितको मृत्यु  

रासस रासस
२०७८ असार ८ गते १५:१८

८ असार, बागलुङ । कोरोना संक्रमणबाट बागलुङमा थप दुई व्यक्तिको ज्यान गएको छ । बडिगाड गाउँपालिका–२ का ६८ वर्षीय र बागलुङ नगरपालिका–३ का ८२ वर्षीय पुरुषको उपचारका क्रममा धवलागिरि अस्पतालमा मृत्यु भएको हो ।

६८ वर्षीयको मंगलबार बिहान र ८२ वर्षीयको सोमबार साँझ मुत्यु भएको स्वास्थ्य कार्यालयका कोभिड–१९ स्रोत व्यक्ति देवप्रकाश घिमिरेले जानकारी दिए ।

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि गत जेठ १९ गते अस्पताल भर्ना भएका बडिगाड–२ का पुरुषमा सोही दिन कोरोना पुष्टि भएको थियो । यस्तै उपचारकै क्रममा ज्यान गुमाउनुभएका बागलुङ–२ का पुरुषमा भने आजै कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोरोनाको लक्षण देखिएपछि उनको सोमबार साँझ मात्रै स्वाबको नमुना संकलन गरिएको थियो । योसँगै जिल्लामा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ५२ पुगेको जनाइएको छ । जसमध्ये गत वैशाखयता शुरु भएको कोरोना महामारीको दोस्रो लहरमा मात्र ४१ जनाको मृत्यु भएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?