१० असार, काठमाडौं । घरेलु मैदानमा भइरहेको कोपा अमेरिका फुटबलमा ब्राजिलले पुनरागमन गर्दै कोलम्बियालाई पराजित गरेको छ।
बिहीबार बिहान सम्पन्न खेलमा ब्राजिलले एक गोलले पछि परेको स्थिति उल्टाउँदै कोलम्बियालाई २-१ ले पराजित गरेको हो ।
ब्राजिलका लागि कासेमिरोले इन्जुरी टाइमको दशौँ मिनेटमा निर्णायक गोल गरे ।
त्यसअघि निल्टन सान्तोस मैदानमा लुइस डियाजले दशौँ मिनेटमा गोल गर्दै कोलम्बियालाई अग्रता दिलाएका थिए ।
एक गोलले पछि परेको बेला फिर्मिनोले ७८ औँ मिनेटमा ब्राजिलका लागि बराबरी गोल गरेका थिए । विवादित बनेको उक्त गोललाई भिएआरको सहयोगमा गोल मान्यता दिइएको थियो ।
बराबरीतर्फ अघि बढेका खेलमा कासेमिरोले नेमारको पासमा इन्जुरी टाइममा विजयी गोल गरे ।
यस जितपछि ब्राजिल ३ खेलबाट ९ अंकसहित समूह बी को शीर्ष स्थानमा छ । साथै ब्राजिल १० खेलमा अपराजित छ । ब्राजिल यसअघि नै क्वाटरफाइनल पुगिसकेको छ ।
कोलम्बिया ४ खेलबाट ४ अंकसहित दोस्रो स्थानमा छ ।
यसै समूहको अर्को खेलमा पेरु र इक्वेडरले २-२ को बराबरी खेल्दै अंक बाँडेका छन् ।
पेरुले दुई गोलले पछि परेको स्थिति उल्टाउँदै खेल बराबरी गरेको हो ।
प्रतिक्रिया 4