+
+
Shares

सेयर कारोबार : प्रिओपनमा अब २ प्रतिशतमात्रै घटबढ हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ असार १० गते १४:११
बाेर्डका अध्यक्ष भिष्मराज ढुंगाना

१० असार, काठमाडौं । सेयर बजारमा हुने अस्वभाविक उतारचढावलाई रोक्न भन्दै नेपाल धितोपत्र बोर्डले मूल्य परिवर्तन सीमा कम गराएको छ । अहिले सेयर बजार खुल्नु अघि १०ः३० बजेदेखि १०ः४५ सम्म प्रिओपस सेसर खुला हुन्छ ।

यो समयमा ५ प्रतिशतसम्म घटबढ गराएर सेयर मूल्य किनबेच गर्न सकिने विद्यमान व्यवस्थालाई घटाएर बोर्डले २ प्रतिशत बनाएको छ । अब प्रिओपनमा २ प्रतिशत भन्दा बढी मूल्य बढ्ने छैन । बोर्डले न्युनतम मूल्य परिवर्तन सीमालाई पनि घटाएको छ ।

हाल एक रुपैयाँ सेयर मूल्य परिवर्तन हुनेमा बोर्डले घटाएर १० पैसा बनाएको छ । अब सेयर मूल्य १० पैसादेखि बढ्न वा घट्न सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?