Comments Add Comment

जसलाई दिउँसो थरीथरीका आवाज सुनाइन्, उसैले साँझ सन्तोषीको हत्या गरे

१० असार, काठमाडौं । विभिन्न पशुपक्षीको आवाज निकाल्ने कलाले सन्तोषी सुब्बालाई ख्याति त दियो, तर दैनिकी सहज बनेन । धर्मपुत्रीका रुपमा १८ वर्षदेखि कालोपुलमा बसिरहेकी उनी आफ्नै संसार बसाउन चाहन्थिन् ।

बुबा धनबहादुर तामाङको चप्पल बिक्री गर्ने पेशा पनि निषेधाज्ञाका कारण राम्रोसँग चलेको थिएन । त्यसैले पनि उनलाई आफ्नै खुट्टामा उभिनु थियो । युट्युबमा अन्तर्वार्ता लिन आउनेको भीड लागेपछि उनको आत्मबल पनि बढेको थियो ।  ‘इन्टरभ्यू आउन थालेपछि उनी घरभन्दा बाहिरै धेरै बसिन्’ तामाङ भन्छन्, ‘मेरो पनि काममा जानुपर्ने भएकाले धेरै ध्यान दिन पाइनँ ।’

गत शुक्रबार उनले फर्पिङबाट तामाङलाई फोन गरिन् । भनिन्, ‘भोलि मात्र घर आउँछु है ।’ त्यसपछि तामाङको फेरि सन्तोषीसँग सम्पर्क भएन ।

फोनमा कुरा भएकै थियो, छोरी आउलिन् भनेर उनी कुरिरहे । तर चार दिनपछि मृत्युको खबर आयो, उनी कहिल्यै घर नफर्किने बाटोमा गइन् ।

यो पनि पढ्नुहोस युट्युबमा भाइरल सन्तोषी सुब्बाको हत्या

घाँटी थिचेर हत्या, पहिचान मेटाउन ढुंगा प्रहार

सन्तोषीको शनिबारै हत्या भएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख चन्द्रकुवेर खापुङ बताउँछन् । उनको शव प्रहरीले दक्षिणकालीबाट बुधबार बरामद गरेको छ भने २४ घन्टा नबित्दै आरोपी २९ वर्षीय सुरेश तिम्सिना पनि पक्राउ परेका छन् ।

शुक्रबार पदमसम्मत होटलमा बसेकी उनी भोलिपल्ट साढे १२ बजेतिर फर्पिङको एक चिया पसलमा गइन् । साथमा भएको अलिअलि पैसा खर्च भएर गोजी रित्तिएको थियो । ‘बेलुका के खाने, कसरी घरसम्म जाने भन्ने समस्यामा परिछन्,’ पंगेनी भन्छन्, ‘त्यसैले कसैले सहयोग गर्छ कि भनेर चियापसलमा बसेर थरीथरीका आवाज निकालेर सुनाइरहेकी रैछिन् ।’

तर सन्तोषीका बुबा धनबहादुरलाई प्रहरीले अहिलेसम्म छोरीको हत्याको कारणबारे बताएको छैन । अनलाइनखबरसँग उनी भन्छन्, ‘एक्लो देखेर पैसा मोबाइल लुट्न पाइन्छ भनेर हत्या गरेको हो कि ।’ तर कार्यालयका अनुसन्धान अधिकृतहरुका अनुसार आरोपी तिम्सिनाले जबरजस्ती करणी गर्न खोज्दा सन्तोषीले प्रतिकार गरेपछि हत्या गरेको स्वीकारेका छन् ।

कार्यालयका एसपी कृष्ण पंगेनी भन्छन्, ‘प्रतिकार गर्दा घटना भएको हो, बलात्कार गरिसकेको आशंकामा भेजाइनल स्वाब परीक्षणका लागि पठाउने तयारी छ ।’ प्रहरीका अनुसार सन्तोषी र सुरेशको चिनजान शनिबार मात्रै भएको हो ।

शुक्रबार पदमसम्भव होटलमा बसेकी उनी भोलिपल्ट साढे १२ बजेतिर फर्पिङको एक चिया पसलमा गइन् । साथमा भएको अलिअलि पैसा खर्च भएर गोजी रित्तिएको थियो । ‘बेलुका के खाने, कसरी घरसम्म जाने भन्ने समस्यामा परिछन्’ पंगेनी भन्छन्, ‘त्यसैले कसैले सहयोग गर्छ कि भनेर चियापसलमा बसेर थरीथरीका आवाज निकालेर सुनाइरहेकी रैछिन् ।’

सानैदेखि पशुपक्षीप्रति लगाव भएकी उनी छाडा छाडिएका जनावरलाई घरसम्म ल्याउँथिन्, खाना खुवाउँथिन् । उनी जनावरसँग यति नजिकिएकी थिइन् कि पशुपक्षीको आवाज दुरुस्तै निकाल्न थालेकी थिइन् । यतिसम्म कि उनले स्थान अनुसार कागको आवाज निकालिदिन्थिन् ।

त्यही कला उनले चिया पसलमा देखाइन् । आफूलाई बस्न समस्या भएको पनि सुनाइन् । झण्डै ५ घन्टा त्यहाँ बस्दा दक्षिणकाली–काठमाडौं चल्ने बसका सहचालक सुरेश तिम्सिना उनलाई नियालिरहेका थिए ।

स्थानीय रुपमा बनाइएको मदिरा सेवन गरेर बसिरहेका उनले सन्तोषीलाई गाडीमा बस्ने व्यवस्था मिलाइदिने प्रस्ताव राखे । अन्य केही विकल्प थिएन, सन्तोषी उनको पछि लागिन् । प्रहरीको दाबी अनुसार दक्षिणकाली पुगेपछि चाहिं सन्तोषी शौचालय गइन् । सुरेशले पछ्याए, शौचालय गएपछि सन्तोषीलाई बलात्कार गर्न खोजे ।

यो पनि पढ्नुहोस बलात्कार प्रतिकार गर्दा सन्तोषी सुब्बाको हत्या, एक युवक पक्राउ

महाशाखाका डीएसपी निशान थापा भन्छन्, ‘प्रतिकार गर्न खोजेपछि उनले सुरुमा सलले घाँटी थिचे र ढुंगाले टाउकोमा हानेर बीभत्स हत्या गरेका हुन् ।’

हत्यापछि ट्याक्सी चढेर आफन्तकहाँ

बुधबार शव भेटिएलगत्तै काठमाडौं प्रहरी परिसर, टेकु र अपराध महाशाखाको टोली अनुसन्धानमा खटियो । एकातिर उनको मोबाइलमा केन्द्रित भएर प्राविधिक अनुसन्धान अघि बढिरहेको थियो भने अर्कातिर प्रहरी आसपासका क्षेत्रमा सोधपुछ गरिरहेको थियो ।

‘उनले विभिन्न आवाज निकाल्ने भएकाले पनि धेरैले नोटिस गरेका रहेछन्’ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) खापुङ भन्छन्, ‘केही पर रहेको चिया पसलमा उनी लामो समय बसेको थाहा भयो ।’ पसलमा बसेका व्यक्तिहरुबारे अनुसन्धान अधिकृतहरुले खोजी गर्न थाले । त्यसक्रममा तिम्सिना आफ्नो कोठामा नभएको खुल्यो ।

‘पसलमा भएकामध्ये तिम्सिना गायब हुनुले उनीमाथि शंका बढायो’ खापुङ थप्छन्, ‘उनको खोजी गर्दै जाँदा कोठामा रगत लत्पतिएको कपडा र मृतकको मोबाइल पनि भेटियो ।’ तिम्सिना चाहिं असनमा रहेका एक जना आफन्तकहाँ गएर लुकेका थिए ।

‘सनाखत भइसकेपछि अनुसन्धानले गति पाइहाल्यो’ खापुङ भन्छन्, ‘आफन्तकहाँबाट पक्राउ परेपछि तिम्सिनाले हत्या गरेको स्वीकारे ।’ उनले हत्यापछि ‘आमा बिरामी भएको’ बताएर ट्याक्सी रिजर्भ गरी भागेर टेकु आएको पनि बताए । त्यहाँबाट उनी हिंड्दै असन गएका थिए । त्यहींबाट उनी समातिएका हुन् ।

हाल प्रहरीले ज्यानसम्बन्धी कसूरमा उनीविरुद्ध अनुसन्धानका लागि म्याद थप गरेर विस्तृत छानबिन गर्ने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment