
१० असार, काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले कोर्स करेक्सन गरेर आए स्वागत गर्नुपर्ने बताएका छन् ।
विपक्षी गठबन्धनले बिहीबार सम्पादकहरुसँग गरेको अन्तरक्रियामा नेता नेपालले ओली दक्षिणपन्थी बाटोमा रहेको बताए । आफूहरु देशमा रहेका सबै सकारात्मक शक्तिसँग सहकार्य गरेर अघि बढ्न चाहेको भन्दै उनले ओलीले पनि आफ्नो गल्ती स्वीकार गर्दै राजीनामा दिन्छन् र कोर्स करेक्सन गरे स्वीकार गर्नुपर्ने बताए ।
विपक्षी गठबन्धनका नेता एवं कांग्रेस सभापति शेरबहादुर देउवातिर हेर्दै उनले भने, ‘मानिस हुन्, कहिलेकाहीं गल्ती हुन्छ । त्यसलाई स्वीकार गरेर कोर्स करेक्सन गरेर आउनुहुन्छ भने केपी ओलीजीलाई स्वागत नै गर्नुपर्छ है शेरबहादुरजी ।’
परिवर्तनका लागि भूमिका खेलेका वाम प्रजातान्त्रिक शक्तिहरुलाई बाइपास गरेर अरुसँगै साँठगाँठ गर्ने र मुलुकलाई पछाडि लैजाने सोचेको भए सम्भव नहुने उनले बताए ।
ओलीले आफ्नो साधारण सदस्यता खारेज गर्दा पनि देश हितका लागि आफू विपक्षी गठबन्धनमा आएको नेता नेपालले धारणा राखे ।
तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर
प्रतिक्रिया 4