Comments Add Comment

रश्मीकालाई भेट्न ९ सय किमीको यात्रा गरेर कोडागु पुगे फ्यान

भारतमा लोकप्रिय बनेका कलाकारहरुका फ्यानले उनीहरुका लागि अचम्मको प्रेम देखाउँछन् । हालै मात्र एक फ्यानले लामो दुरी हिडेर कलाकार सोनु सुदलाई भेट्न उनको घरमा पुगेका थिए ।

नायिका रश्मीका मन्दनाको जीवनमा पनि यस्तै भएको छ । मुम्बइमा नायक अमिताभ बच्चनसँग चलचित्र ‘गुडबाई’को छायांकनमा व्यस्त रहेकी रश्मीकालाई भेट्न एक फ्यानले ९ सय किमीको दुरी पार गरेका छन् ।

रश्मीकाको घर गुगलमा सर्च गरेर त्रिपाठी नाम गरेका ती फ्यान उनको घरसम्म पुगेका थिए । उनी, तमिलनाडुबाट कर्नाटकको कोडागुमा ९ सय किमीको दुरी पार गर्दै पुगेका थिए । तर, मुम्बइमा रहेकाले रश्मीकासँग उनको भेट भने भएन ।

रश्मीकाले यो कुराको जानकारी पाएपछि सामाजिक संजालमा लेखेकी छिन्–‘प्रिय साथी, मलाई ढिलो मात्र यो कुराको जानकारी प्राप्त भएको छ । कृपया यस्तो केही पनि काम नगर्नुहोला । मलाई सामाजिक संजालमा नै प्रेम दिनुहोला । तर, तपाइसँग भेट्न नपाउँदा मलाई निकै नै नरमाइलो लागेको छ । म आशा गर्छु कि एक दिन हाम्रो भेट अवश्य पनि हुनेछ ।’

रश्मीकाको घर पुगेर जब ती फ्यानले उनको बिषयमा सोधपुछ गरे, यसपछि स्थानियले उनलाई प्रहरीको जिम्मा लगाइदिएका थिए । प्रहरीले उनलाई घर फिर्ता पठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment