+

ए डिभिजन लिग असोज ३ गतेदेखि हुने

२०७८ असार  १४ गते १७:१४ २०७८ असार १४ गते १७:१४
ए डिभिजन लिग असोज ३ गतेदेखि हुने

१४ असार, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता असोज ३ गतेदेखि हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार ए डिभिजनका १४ वटा क्लबसँग छलफल गर्दै लिगको मिति तय गरेको हो ।

यस्तै एन्फाले लिगका लागि साउन १५ गतेदेखि खेलाडी दर्ता प्रक्रिया समेत खुला हुने जनाएको छ । एन्फाले प्रतियोगिता सम्पन्न हुने मिति भने खुलाएको छैन । एन्फाको क्यालेन्डरमा लिग भदौदेखि चैतसम्म सञ्चालन गर्ने उल्लेख छ । तर एन्फाले यस सिजनको लिग करिब ६ महिना सञ्चालन गर्ने तयारी गरेको छ ।

कोरोना महामारीका कारण गत वर्ष ए डिभिजन लिग आयोजना हुन सकेन ।

शहीद स्मारक ए डिभिजन लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय