+
+

निर्माण नसकिँदै कमला नदीको पुल भासियो

अनलाइनखबर अनलाइनखबर
२०७८ असार १७ गते १७:२८

१७ असार, जनकपुरधाम । हुलाकी राजमार्ग अन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीको पुलको भासिएको छ । निर्माणको अन्तिम चरणमा रहेको पुलको एउटा स्पान बाढीका कारण धसिएको हो ।

सिरहाको बसपिट्टा घाटमा रहेको पुलको १२ वटामध्ये एउटा स्पान धसिएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले बताए । एक फिटभन्दा बढी स्पान बाढीमा धसिएको उनले बताए ।

अहिले कमला नदीमा बाढीको सतह बढेको छ । पुलको स्पान धसिएपछि पुलको पुनर्निर्माण नै गर्नुपर्ने अवस्था रहेको प्रजिअ कँडेलले बताए ।

पुलको निर्माण लुम्बनी बिल्डर्सले गरिरहेको थियो । कम्पनीका इन्जिनियर सूर्यप्रकाश शर्माले दुई साताअघि मात्रै पुल निर्माणको ९९ प्रतिशत काम पूरा भइसकेको र अब फिनिसिङ गर्न मात्र बाँकी रहेको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?