+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
155/7 (20)
VS
Sudurpaschim Royals won by 77 runs
विराटनगर किंग्स 2025
78/10 (14.1)
Shares

ठोरीका किशोरीमा ‘मास हिस्टोरिया’को समस्या, धामी-झाँक्रीको भरमा उपचार

सुरेश बिडारी सुरेश बिडारी
२०७८ असार १८ गते २०:४८
फाइल तस्वीर

१८ असार, वीरगञ्ज । पर्साको ठोरी गाउँपालिका-४ स्याउली बस्तीमा १७ वर्षीया किशोरीलाई मास हिस्टोरियाको जस्तै लक्षण देखियो । उनी अचानक चिच्याउने, बेहोस हुने, उफ्रने, रुने, हाँस्ने गरिरहेकी थिइन् । तामाङ समुदायका उनीहरुले किशोरीलाई लामालाई देखाए । मकवानपुरको हेटौंडा लगेर धामी-झाँक्री लगाए ।

निको भएजस्तो भएपछि घर ल्याए । घरमा उनका साथीहरु भेट्न आए । भेट्न आएका साथीहरुमा पनि उनमा जस्तै समस्या देखिन थाल्यो । गाउँमा अहिले मास हिस्टोरियाको जस्तै लक्षण देखिएका बिरामी सात जना पुगिसकेका छन् । ८-९ देखि १७-१८ वर्षका किशोरीहरुमा समस्या देखिएको छ ।

स्थानीय लालबहादुर श्रेष्ठका अनुसार उपचारका लागि अस्पताल लैजान आग्रह गर्दा परिवारका सदस्य मानिरहेका छैनन् । ‘दुई महिना अघि एक किशोरीलाई मास हिस्टोरिया देखिएकोमा अहिले सात जनामा समस्या देखिसकेको रहेछ । कुनैबेला ठीक हुन्छ, फेरि अचानक ढल्छन्, चिच्याउँछन्, रुन्छन्, हाँस्छन्,’ उनले भने, ‘लामा झाँक्रीमा विश्वास गरेर उनीहरुलाई देखाइरहेका रहेका छन् । मेरै गाडीमा वीरगञ्ज अस्पताल लैजाउँ भन्दा मानिरहेका छैनन् ।’

गाउँका केही सचेत व्यक्तिले समस्याका बारेमा जिल्ला स्वास्थ्य कार्यालय पर्सामा जानकारी गराएका छन् । तर स्वास्थ्य कार्यालय पर्साका निमित्त प्रमुख नवलकिशोर साहले पालिकाको स्वास्थ्य शाखामार्फत पत्र आएमा मात्रै केही सहयोग गर्न सक्ने बताए ।

‘स्थानीयको भनाइ अनुसार किशोरीहरुमा ‘मास हिस्टोरिया’को समस्या हुन सक्ने देखिन्छ । हामीसँग स्रोतसाधन छैन, समन्वयको पाटो मात्रै हाम्रो हो,’ उनले भने, ‘पालिकाको स्वास्थ्य शाखाले समस्याबारे जानकारी सहितको पत्र पठाउँछन् भने नारायणी अस्पतालसँग समन्वय गरेर चिकित्सक पठाउन सकिन्छ ।’

मानसिक क्षेत्रका तन्तुहरूमा अस्थायी रूपले विकृति उत्पन्न भएर सम्वेदनात्मक क्षेत्रबाट प्रत्यक्ष सम्पर्क टुट्ने वा उल्टो प्रभाव पर्न गई मानिस असन्तुलित हुने वा अत्याधिक समवेदना उत्पन हुने रोगलाई मास हिस्टेरिया भनिन्छ । हिस्टेरिया मनोवैज्ञानिक अवस्था हो । इन्फेक्सनमा ज्वरो आउनु जस्तै हिष्टेरिया मनोवैज्ञानिक प्रतिरक्षा भएको चिकित्सकहरु बताउँछन् ।

कुनै दुर्घटना, बालिकामा यौनशोषण, हिंसात्मक घटना देखे भोगेका बालिका, किशोरीहरुलाई अभिभावक वा अन्य आफन्त साथीभाइबाट उचित परामर्श नपाउँदा यो रोग लाग्ने सम्भावना बढी हुने उनीहरुको भनाइ छ ।

कुरीति, अशिक्षा, चेतनाको कमी, उचित परामर्शको पहुँच जस्ता कुराले हिस्टेरियाको उपचारमा ढिलाइ हुने गरेको मानसिक रोग विशेषज्ञ डा. भरतकुमार गोइतले बताए । स्याउली बस्तीमा देखिएको समस्याको लक्षणका आधारमा ‘मास हिस्टोरिया’ नै हो भन्न सकिने उनको भनाइ छ ।

मास हिस्टोरियाको समस्या विपन्न समुदायका बालिका वा किशोरीमा बढी देखिने गरेको बताउँदै उनले धामी झाँक्रीको भरमा नपरी मानसिक रोग विशेषज्ञ चिकित्सकको सल्लाहमा उपचार गराउन आग्रह गरे ।

लेखक
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?