+
+
Shares

रेसुंगाको बगाले खोलामा झोलुंगे पुल

अनलाइनखबर अनलाइनखबर
२०७८ असार १९ गते १५:१३

१९ असार, गुल्मी । गुल्मी सदरमुकाम तम्घास नजिकै बगाले खोलामा झोलुंगे पुल निर्माण भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका– ७ र वडा नम्बर ९ जोड्ने गरी झोलुंगे पुल निर्माण भएको हो । झोलुंगे पुल बनेपछि स्थानीय वासिन्दा खुशी भएका छन् । हिजोआज पुल हेर्न र फोटो खिचाउन जानेहरुको संख्या बढेको छ ।

नगरपालिका कार्यालय र छिमेकी गाउँमा जान अब घुमाउरो बाटो हिँड्न नपर्ने स्थानीय भुने सुनारले बताए । ५० लाख ६६ हजार ७७ रुपैयाँको लागतमा बनेको उक्त पुलको ९२ प्रतिशत लागत रेसुंगा नगरपालिकाले ६ प्रतिशत उपभोक्ताको नगद सहयोग र २ प्रतिशत श्रमदानबाट बनेको हो ।

विद्युत चोक बगाले खोला भुजेल खर्क जोड्ने उक्त पुलको लम्बाई ११८ मिटर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?