Comments Add Comment

श्यान्सु भुषालले सातदोबाटो युथ क्लबबाट ए डिभिजन लिग खेल्ने

२० असार, काठमाडौं । युवा फुटबलर श्यान्सु भुषालले सातदोबाटो युथ क्लबबाट शहीद स्मारक ए डिभजन लिग फुटबल खेल्ने भएका छन् ।

गत सिजन बी डिभिजनको च्याम्पियन बन्दै ए डिभिजनमा बढुवा भएको सातदोबाटोले नयाँ सिजनका लागि श्यान्सुलाई अनुबन्ध गरेको हो । अखिल नेपाल फुटबल संघ एन्फाले आगामी असोज ३ गतेदेखि ए डिभिजन लिग आयोजना गर्ने जनाएको छ ।

कतारमा अध्ययन गर्दै फुटबल खेल्दै आएका श्यान्युले पहिलो पटक ए डिभिजन लिग खेल्न लागेका हुन् । उनले गत वैशाख-जेठमा भएको पहिलो संस्करणको नेपाल सुपर लिग एफसी चितवनबाट खेलेका थिए ।

१७ वर्षीय श्यान्सुले कतारको अल वक्र क्लबबाट उमेर समूहको फुटबल खेल्दै आएका छन् ।

राष्ट्रिय टिमका नयाँ प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले श्यान्युलाई क्याम्पमा राखेपछि उनको चर्चा बढेको थियो । सिनियर टिममा नपरे पनि उनले अलमुताइरीसँग प्रशिक्षण गर्ने अवसर पाएका थिए ।

पहिलो पटक ए डिभिजन लिगका लागि अनुबन्ध भएका शयान्सुले धेरै खुशी भएको बताए ।

सातदोबाटोले ए डिभिजन लिग खेल्नका लागि क्लबमा खेलाडी अनुबन्ध गर्ने प्रक्रिया जारी राखेको छ । यसअघि नै गत सिजनको च्याम्पियन टिम मछिन्द्रबाट खेलेका डिफेण्डर पिटर सेगुनलाई सातदोबाटोले अनुबन्ध गरिसकेको छ ।

श्यान्सुसँगै सातदोबाटोले पासाङ लामा, रन्जन पुन र करन रावतलाई ए डिभिजन लिगका लागि अनुबन्ध गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment