Comments Add Comment

क्रियाशील सदस्यता छानबिन समितिको प्रवक्तामा पौडेल

२० असार, काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले प्रवक्ताको जिम्मेवारी प्रदीप पौडेललाई दिएको छ ।

समिति सदस्य रहेका पौडेललाई प्रवक्ताको जिम्मेवारी तोकिएको समिति सचिव केशव रिजालले जानकारी दिए । समितिको औपचारिक धारणा सार्वजनिक गर्न केन्द्रीय सदस्य पौडेललाई प्रवक्ता तोकिएको समितिद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

केन्द्रीय सदस्य रमेश लेखक संयोजक रहेको समितिले क्रियाशील सदस्यतामाथि छानबिन गरिरहेको छ । सात सदस्यीय समितिमा संयोजक लेखकसहित सदस्यहरु पौडेल, आनन्द ढुंगाना, श्याम घिमिरे, कल्याण गुरुङ, योगेन्द्र चौधरी र जीवन परियार रहेका छन् ।

२० असारसम्म सदस्यता छानबिन टुंग्याउन समय पाएको समितिले आइतबारसम्म जम्मा ३० जिल्लाको काम सम्पन्न गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

‘संवेदनाहीन मेयर’

Advertisment