+
+
Shares

नयाँ स्टक एक्सचेन्ज खोल्ने धितोपत्र बोर्डकाे तयारी

रोयल आचार्य रोयल आचार्य
२०७८ असार २० गते १७:२२
धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना

२० जेठ, काठमाडौं । नयाँ स्टक एक्सचेन्ज कम्पनीलाई सञ्चालन अनुमति दिने गरी नेपाल धितोपत्र बोर्डले गृहकार्य सुरु गरेको छ । धितोपत्र बजारको विस्तार हुँदै गएको र यसलाई प्रतिष्पर्धी बनाउन अर्को स्टक एक्सचेन्ज समेत आवश्यक पर्ने भन्दै बोर्डले गृहकार्य सुरु गरेको हो ।

१२ वर्षअघि नै नयाँ स्टक एक्सचेन्जको सञ्चालन अनुमति माग गर्दै चार कम्पनीले बोर्डमा निवेदन दिएका दिए । तात्कालीन अध्यक्ष डा. सुरवीर पौडेलले नयाँ स्टक एक्सचेन्जका लागि इच्छुकबाट आवेदन माग गरेपछि नेपाल सेक्युरिटिज एण्ड डेरिभेटिम एक्सचेन्ज, काठमाडौं स्टक एक्सचेन्ज, नेशनल स्टक एक्सचेन्ज र हिमालयन स्टक एक्सचेन्जले २०६६ सालमा आवेदन दिएका थिए ।

आवेदन परेपनि त्यसपछि बोर्डले प्रक्रिया अघि बढाएन । अहिले नेपालमा नेपाल स्टक एक्सचेन्जमा मात्रै सेयर कारोबार हुन्छ । निजी क्षेत्रबाट छुट्टै स्टक एक्सचेन्ज हुने हो भने सेयर बजार प्रतिष्पर्धी भन्दै बेला-बेलामा स्टक एक्सचेन्जको माग हुने गरेको छ ।

बोर्डका प्रवक्ता निरज गिरीले नयाँ लाइसेन्स दिने विषयमा अहिले कुनै निर्णय नभएको बताउँछन् । १२ वर्षअघि परेको निवेदन पनि थन्किएरै बसेको उनले जानकारी दिए । यद्यपि, नयाँ स्टक एक्सचेन्जका विषयमा अध्ययनका कामहरु भने भइरहेको उनले बताए ।

सेयर बजारमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) को एकाधिकार छ । सरकारी लगानी समेत रहेको नेप्सेको प्रमुख कार्यकारी अधिकृत नेपाल सरकारले नै नियुक्त गर्ने गरेको छ । पुँजी बजार क्षेत्रको नियामक निकाय धितोपत्र बोर्ड भए पनि मन्त्रिपरिषदबाट नै नेप्सेको कार्यकारी प्रमुख नियुक्त हुने भएकाले यी दुई कार्यालयबीच समयसमयमा विवाद हुने गरेको छ ।

१ असारमा धितोपत्र बोर्डले ५१ कम्पनीहरुको नाम नै तोकेर लगानीका लागि जोखिमयुक्त भन्दै विज्ञप्ति निकालेपछि नेप्सेका कार्यकारी प्रमुख चन्द्रसिंह साउदे खुलेरै विरोध गरेका थिए । बोर्डमा बसेको एक बैठकमा सीईओ साउदले आफू पनि मन्त्रिपरिषदबाट नियुक्त भएको र बोर्ड अध्यक्ष पनि मन्त्रिपरिषदबाट नियुक्त भएको भन्दै आफूहरुको हैसियत एकै भएको बताएका थिए ।

बोर्डको विरुद्धमा नेप्सेका सीईओ खुलेरै बिरोधमा उत्रन थालेपछि अध्यक्ष भिष्मराज ढुंगाना असन्तुष्ट छन् । यसकारण पनि अब नयाँ स्टक एक्सचेन्जको खोल्न ढिला गर्न नहुने भइरहेको बोर्ड स्रोतको दावी छ ।

विद्यमान व्यवस्थाअनुसार स्टक एक्सचेन्ज सञ्चालनका लागि यसमा लगानी गर्न व्यक्तिले नपाउने व्यवस्था छ । स्टक एक्सचेञ्जमा सूचीकृत कम्पनी र धितोपत्र दलाल कम्पनीहरुले मात्रै लगानी गर्न पाउने व्यवस्था रहेको छ ।

यसलाई संशोधन गर्दै अब व्यक्तिले समेत लगानी गर्न पाउने गरी नीति संशोधन गर्न बोर्डले प्रस्ताव गरेको छ । बोर्डको प्रस्ताव अर्थमन्त्रालय पुगिसकेको छ ।

‘बोर्डबाट प्रस्ताव आएको छ, तर के गर्ने भन्ने विषयमा कुनै छलफल भएको छैन’ अर्थमन्त्रालयका एक अधिकारीले भने ।

थन्किएका पुराना कम्पनीहरुलाई बेवास्ता गर्दै नयाँ कम्पनीलाई लाइसेन्स दिने गरी गृहकार्य सुरु गरेको छ । नयाँ कम्पनी ल्याउनकै लागि बोर्डले नियम नै परिवर्तन गरी व्यक्तिले समेत लगानी गर्न पाउने व्यवस्था गर्न लागेको हो ।

१२ वर्षअघि निवेदन दर्ता गराएका हिमालय स्टक एक्सचेञ्चका अध्यक्ष रमेश कुमार भट्टराई पुराना निवेदनको विषयमा पहिले टुंगाएर बोर्डले प्रक्रिया अघि बढाउनु पर्ने बताउँछन् ।

बोर्डले आह्वान गरेपछि मात्रै आफूहरुले कानूनी प्रक्रिया पुरा गरेर निवेदन दर्ता गराएको भन्दै चार वटा कम्पनीहरु मध्येबाट उत्कृष्टलाई सञ्चालन अनुमति दिनुपर्ने उनको माग छ ।

‘पहिले कति वटा कम्पनीलाई लाइसेन्स दिने भन्ने विषयमा बोर्डले टुंगो लगाउनुपर्छ, एउटामात्रै दिने हो भने पनि चार वटालाई मिलेर आउँ भन्न सकिन्छ’ भट्टराई भन्छन्, ‘चार वटा मिलेर एक नभएको अवस्थामा कुन प्रस्ताव उत्कृष्ट छ, कसको कानूनी प्रक्रिया पुरा भएको छ त्यो हेरेर निर्णय गर्नु उपर्युक्त हुन्छ ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य मुलतः बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?