Comments Add Comment

इन्डोनेसियामा कोरोना संक्रमण बढेसँगै अक्सिजन संकट

२१ असार, काठमाडौं । इन्डोनेसियामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेसँगै अस्पतालहरुमा अक्सिजनको अभाव देखिन थालेको छ । यससँगै सरकारले अक्सिजन उत्पादकहरुलाई अस्पतालको आवश्यकतालाई ध्यानमा राख्दै प्राथमिकतामा राख्न आग्रह गरेको छ ।

इन्डोनेसियाका अस्पतालहरुले अक्सिजनको क्षमताले नधान्ने अवस्था आइसकेको बताएका छन् । एक अस्पतालले अक्सिजनको अभावको कारण ७३ वर्षका एक बिरामीको मृत्यु भएको बताएको छ ।

अहिले इन्डोनेसियामा दैनिक २५ हजारभन्दा धेरै कोरोना संक्रमित भेटिइरहेका छन् । इन्डोनेसियामा बढेको भ्रमणको चहलपहल र निकै संक्रामक मानिएको डेल्टा भेरियन्टको कारण संक्रमण बढेको हो । इन्डोनेसियामा अहिलेसम्म २३ लाखभन्दा धेरैमा कोरोना संक्रमण देखिएको छ भने ६० हजारभन्दा बढी संक्रमितको मृत्यु भएको छ ।

यद्यपि विशेषज्ञहरुले राजधानी सहर जकार्ताभन्दा बाहिर पर्याप्त परीक्षण हुन नसकेको कारण कोरोनाबाट प्रभावित हुनेको वास्तविक संख्या त्यो भन्दा निकै बढी हुन सक्ने बताएका छन् ।

गत साता इन्डोनेसियाले मुलुकको प्रमुख टापु जाभाका साथै पर्यटकीय टापु बालीमा लकडाउन घोषणा गरेको थियो ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment