
२२ असार, काठमाडौं । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) लाई पब्लिक कम्पनीमा रुपान्तरण गर्न खोजेको विरोधमा विभिन्न तीन कर्मचारी युनियनले निगमको कार्यालयमा तालाबन्दी गरेका छन् ।
निगममा सक्रिय नेपल वायुसेवा निगम युनियन, नेपाल राष्ट्रिय कर्मचारी संगठन र नेपाल वायुसेवा निगम कर्मचारी संघले निगमको कार्यालयमा तालाबन्दी गरेका हुन् ।
निगम सञ्चालक समितिले हालै निगमलाई पब्लिक कम्पनीमा रुपान्तरण गर्न प्रबन्धपत्र र नियमावली बनाएर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाएपछि कर्मचारी आन्दोलनमा उत्रिएका छन् ।
उनीहरुले निगमलाई पब्लिक कम्पनी बनाउने निर्णय भएपछि आफूहरुले वार्ताको प्रस्ताव गर्दा अस्वीकार गरेको भन्दै तालाबन्दी गरेको बताएका छन् ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4