+
+

लागुऔषधसहित धनगढीबाट दुई युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २२ गते २०:४९

२२ असार, धनगढी । लागुऔषधसहित कैलालीको धनगढीबाट प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले धनगढी उपमहानगरपालिका-३ बोराडाँडीबाट लागुऔषधसहित दुईजनालाई पक्राउ गरिएको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले जानकारी दिए।

पक्राउ पर्नेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ का २१ वर्षीय प्रदीप भण्डारी र शुक्लाफाँटा नगरपालिका-१० का २० वर्षीय सुरेश ऐर रहेको प्रहरी नायब उपरीक्षक बिष्टले बताए ।

उनीहरुको साथबाट ९ ग्राम गाँजा र ४१० मिलीग्राम लागुऔषध जस्तो देखिने रातो पदार्थ प्रहरी बरामद गरेको छ भने दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?