२३ असार, काठमाडौं । कोरोना महामारीका कारण स्थगित भएको ए डिभिजन राष्ट्रिय फुटसल लिग आगामी साउन २३ गतेबाट शुरु हुने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले बुधबार सूचना जारी गर्दै फुटसल लिग साउन २३ गतेबाट पोखरामा शुरु हुने जनाएको छ । यसअघि जेठ १ देखि २२ सम्म हुने भनिएको फुटसल लिग कोरोना महामारीको कारण स्थगित गरिएको थियो ।
पोखराको बहुउद्देश्यीय कभर्डहलमा सञ्चालन हुने लिगमा छनोट चरण पार गरेका १० टिमले प्रतिस्पर्धा गर्नेछन् ।
लिगका लागि एन्फाले विभिन्न प्रदेशबाट टिम छनोट गरेको छ । लिगमा प्रदेश १ बाट फुटसल फाइभ धरान र द राइजिङ क्लब धरान, बागमती प्रदेशबाट ढुकु फुटसल हब, शंखमूल फुटसल, प्रभातफेरी युथ क्लब र स्काई गोल फुटसल, गण्डकी प्रदेशबाट स्पोट्र्स क्यासल, सविन मेमोरियल फुटसल क्लब तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमबाट संयुक्त रुपमा, लुम्बिनी फुटसल र झरना स्पोट्र्स क्लब छनोट भएका छन् ।
लिगको विजेताले १० लाख र उपविजेताले ५ लाख पाउने एन्फाले जनाएको छ । यस प्रतियोगिताबाट एएफसी फुटसल कप क्वालिफायरका लागि नेपालको राष्ट्रिय फुटसल टोलीका खेलाडी छनोट गरिने जनाइएको छ ।
प्रतिक्रिया 4