+
+

तनहुँको ऋषिङमा पहिरोले पुरिएर एक महिलाको मृत्यु

रासस रासस
२०७८ असार २४ गते १३:३४

२४ असार, दमौली । तनहुँको ऋषिङ गाउँपालिका–७ डढीवनमा पहिरोले पुरिएर एक महिलाको मृत्यु भएको छ ।

बुधबार रातिदेखि परेको अविरल वर्षासँगै आएको पहिरोले पुरिएर ५२ वर्षीया देवीसरा थापाको बिहीबार बिहान मृत्यु भएको वडा सदस्य याम सारु मगरले जानकारी दिए । घरबाट भाग्ने क्रममा माथिबाट खसेको पहिरोले पुरिएर उनको मृत्यु भएको हो । मृतकका श्रीमान् भने भागेर ज्यान बचाउन सफल भएका छन् ।

यस्तै पहिरोले पुरिएर ऋषिङ गाउँपालिका–८ स्थित माझकोटका ४० वर्षीय खुमबहादुर थापा बेपत्ता भएका छन् । उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

पहिरोले डढीवनमा तीन घर क्षतिग्रस्त भएको र थुप्रै घर जोखिममा परेको नेपाल रेडक्रस सोसाइटी कोटदरबार उपशाखाका सभापति इन्द्र आलेले बताए । उनका अनुसार ऋषिङ–५ राम्जाकोटमा एक घर क्षतिग्रस्त र दुई घर जोखिममा परेका छन् भने ऋषिङ–६ मा दुई घर र केही गोठ जोखिममा छन् ।

यस्तै ऋषिङ–४ का वडा सदस्य टोलनाथ थापाको घर र पद्मज्योति विद्यालय भवन जोखिममा परेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चण्डिका पौडेलले वर्षासँगै आएको पहिरोले गाउँपालिकाभित्रका थुप्रै ठाउँमा पहिरो गएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?