Comments Add Comment

सर्जियो रामोस पीएसजीमा अनुबन्धित

२४ असार, काठमाडौं । स्पेनिस डिफेन्डर सर्जियो रामोस फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)मा अनुबन्ध भएका छन् । पीएसजीले बिहीबार रामोससँग दुई वर्षको सम्झौता गरेको हो ।

स्पेनिस क्लब रियल मड्रिड छाडेपछि रामोसको नाम पीएसजीसँग जोडिँदै आएको थियो । ३५ वर्षीय रामोस रियलमा १६ वर्ष बिताएपछि जुन अन्त्यमा सम्झौताविहीन बनेका थिए । रामोस सन् २०२३ को जुन ३० सम्म पीएसजीमा रहनेछन् । अब रामोसले पीएसजीमा ४ नम्बरको जर्सी लगाउनेछन् । स्पेनका लागि सर्वाधिक खेल खेलेका रामोसले रियलबाट पाँच ला लिगा र चार च्याम्पियन्स लिग जिताएका थिए ।

रामोसले पीएसजीमा अनुबन्ध हुँदा खुशी लागेको बताएका छन् । ‘यो मेरो जीवनमा ठूलो अवसर हो र नयाँ चुनौती हो । यो दिन म कहिल्यै बिर्सन्न,’ उनले भने ।

पीएसजीका कार्यकारी प्रमुख नासेर अल खेलेफीले अहिलेको समयमा उत्कृष्ट खेलाडीलाई पीएसजीले स्वागत गरेको बताए ।

रामोस नयाँ सिजनका लागि पीएसजीमा अनुबन्ध हुने तेस्रो खेलाडी हुन् । यसअघि नै पीएसजीले मोरक्कोका डिफेण्डर अच्रफ हाकिमी र इन्टर मिलानका डच मिडफिल्डर जर्जिनिओ विजनाल्डमलाई अनुबन्ध गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment