+
+
Shares

हङकङ आइडीबाहकलाई उद्धार गर्न हङकङ नेपाली महासंघको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २६ गते १५:०५
हङकङ सरकारका सांसदहरुलाई ज्ञापन पत्र दिँदै हङकङ नेपाली महासंघका अध्यक्ष टंक राना

२६ असार, काठमाडौं । हङकङ नेपाली महासंघले नेपालमा अलपत्र बनेका हङकङ आइडी (परिचयपत्र) बाहकलाई उद्धार गर्न माग गरेको छ ।

हङकङ सरकारका पूर्वमन्त्री तथा सांसदलाई ज्ञापनपत्र बझाउँदै महासंघले कोरोना महामारीका कारण नेपालबाट हङकङ आउन नसकेका हङकङ आइडीबाहक नेपालीलाई हवाइ चार्टर्ड गरेर भए पनि उद्धार गर्न माग गरेको हो ।

हङकङ बस्ने नेपालीहरुको छाता संगठन महासंघका अध्यक्ष टंक रानाकाअनुसार ७० हजार नेपाली हङकङमा बसोबास गर्छन् । तीमध्ये कतिपय नेपाल पुगेका बेला कोरोना महामारीका कारण उडान प्रतिबन्ध लागेपछि नेपालमै रोकिएका छन् ।

महासंघले नेपालमा कोरोना महामारी नियन्त्रण गर्न मुश्किल भइरहेको र २ प्रतिशतले मात्र कोरोना खोप लिएकाले ऐतिहासिक सम्बन्ध भएको र असल छिमेकी भएका नाताले खोप र स्वास्थ्य सामग्री सहयोग गर्न त्यहाँको सरकारलाई आग्रह गरेको छ ।

अध्यक्ष रानाले भने, ‘महासंघले हङकङ सरकारका पूर्वमन्त्री र सांसदहरु मार्फत हङकङ सरकार हुँदै बेइजिङ सररकासमक्ष पुर्‍याउनका लागि ध्यानाकर्षण गरेको छ ।’

हङकङ सरकारका पूर्वमन्त्री तथा वर्तमान सांसद स्ट्यारी ली, सांसद भिन्सेन्ट चेङलगायत सांसदहरुले ज्ञापन पत्र बुझेपछि हङकङ आइडी लिएका नेपालीहरु कोरोनाको कारण नेपालमा अलपत्र परेको बारेमा सरकारलाई जानकारी गराउने प्रतिवद्धता व्यक्त गरेको अध्यक्ष रानाले बताए ।

महासंघका अध्यक्ष रानाले पूर्वमन्त्रीसमेत रहेकी स्टारी लीलाई उधृत गर्दै भने, ‘यस विषयमा हङकङ सरकार गम्भीर बनेको र नेपालमा बिचल्लीमा परेका हङकङका नागरिकलाई उद्धार गर्नु आफ्नो सरकारको पहिलो प्राथमिकता हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?