Comments Add Comment

‘विक्रम वेधा’को रिमेकमा ऋतिक र सैफ फाइनल

तमिलको सुपरहिट चलचित्र ‘विक्रम वेधा’को रिमेकको चर्चा लामो समयदेखि चलिरहेको छ । बलिउडका केही कलाकारको नाम यो चलचित्रमा नजोडिएको पनि होइन । तर, अब भने यो चलचित्रका लागि कलाकार फाइनल गरिएको छ ।
‘विक्रम वेधा’को हिन्दी रिमेकमा नायक ऋतिक रोशन र सैफअली खान देखिने पक्का भएको छ ।

यो कुराको जानकारी दिदै बलिउड विश्लेषक तरण आदर्शले ऋतिक र सैफ चलचित्रका लागि फाइनल भएको उल्लेख गरेका छन् । यो चलचित्रको निर्देशन ‘विक्रम वेधा’का निर्देशक पुष्कर–गायत्रीले नै गर्ने भएका छन् । चलचित्रको छायांकन चाडै सुरु गर्ने योजनामा निर्माणपक्ष छ । चलचित्रको प्रदर्शन मिति सन् २०२३२ को सेप्टेम्बर ३० लाई तोकिएको छ ।

चलचित्रमा सैफअली खान तमिल स्टार माधवनले निर्वाह गरेको भूमिकामा देखिनेछन् । यस्तै, नायक ऋतिक रोशनले भने तमिल स्टार विजय सेतुपतिले निर्वाह गरेको भूमिकामा काम गर्नेछन् ।

चलचित्रलाई निरज पाण्डेले रियायन्स इन्टरटेन्मेन्टको साथमा मिलेर निर्माण गर्दैछन् । ऋतिकले चलचित्र ‘फाइटर’ पनि साइन गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment