Comments Add Comment

सिंहदरबार घेराउमा गएका वीपी प्रतिष्ठानका पूर्वविद्यार्थी पक्राउ

२७ असार, काठमाडौं । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधारको माग गर्दै आन्दोलनमा उत्रिएका पूर्वविद्यार्थी पक्राउ परेका छन् । आइतबार वृहत नागरिक अभियानको प्रदर्शनपछि वीपी प्रतिष्ठानका पूर्वविद्यार्थी र केही नागरिक अगुवा पनि सिंहदरबार घेराउका लागि गएका थिए ।

त्यस क्रममा वीपी प्रतिष्ठानका पूर्वविद्यार्थी कुम्भराज जोशी, प्रशान्त राई नागरिक समाजका युग पाठक, नरेश ज्ञवाली, छम गुरुङलगायत पक्राउ परेका हुन् । यसअघि आइतबार नै वृहत नागरिक अभियानको प्रदर्शनका क्रममा खगेन्द्र संग्रौला, नारायण वाग्लेलगायत पक्राउ परेका थिए ।

आइतबारको सिंहदरबार घेराउका क्रममा २६ जना नागरिक पक्राउ परेका छन् ।

बीपी प्रतिष्ठान सुधारको माग गर्दै चिकित्सक, प्राध्यापक, कर्मचारी, विद्यार्थी तथा नागरिक समाजले चार सातादेखि आन्दोलन गर्दै आएका छन् । आन्दोलनरत् पक्षले प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीसहित चार जना पदाधिकारी बर्हिगमनलाई बटमलाइन बनाएका छन् ।

वार्ताबाट निकासका लागि चासो नदिइएपछि जारी आन्दोलन काठमाडौंसम्म आइपुगेको हो । प्रतिष्ठान सुधारको माग गर्दै नागरिक समाजले प्रदर्शन गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment