Comments Add Comment

पेस्तोलसहित सर्लाहीबाट ३ जना पक्राउ

२७ असार, जनकपुरधाम । सर्लाहीमा प्रहरीले दुई थान इटालियन पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ब्रहमपुरी गाउँपालिका–४ भित्रुवन नगर बस्ने २३ वर्षीय रमेश मण्डल, सोही ठाउँका २० बर्षीय लाली भनिने नुर आलम मन्सुर र १९ बर्षीय इमरान रानाभाट रहेका छन् ।

बीआर ३० एक्स ६०११ नम्बरको मोटरसाइकलमा सबार यी तीनै जनालाई ब्रहमपुरी गाउँपालिका २ बाट नियन्त्रणमा लिइएको सर्लाही प्रहरीका प्रवक्ता माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।

उनका अनुसार पक्राउ परेकाहरुको साथबाट दुई थान इटालियन पेस्तोल, त्यसमा प्रयोग हुने १७ राउण्ड गोली र दुई थान छुट्टै म्यागेजिन फेला परेको छ ।

उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला अदालतबाट ७ दिनको म्याद थप गराइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment