+
+
WC Series
Nepal Women
68/9 (13.5)
VS
Scotland won by 72 runs
Won Scotland Women
140/10 (20)
Shares

बानेश्‍वर कात्यानी चोकबाट पेस्तोलसहित एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २७ गते १७:२६

२७ असार, काठमाडौं । प्रहरीले काठमाडौंको बानेश्‍वर कात्यानी चोकबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषा उपमहानगरपालिका-२ विधानगर टोल घर भइ काठमाण्डौ बसुन्धारा बस्दै आएका ३१ वर्षीय जय प्रकाश महतो रहेका छन् ।

काठमाडौं महानगरपालिका वडा नं. ३१ कत्यानी चोक ईलाकामा हतियार खरिद विक्री गर्न हिडिरहेको विशेष सूचनाको आधारमालाई महतोलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) रमेश कुमार बस्नेतले जानकारी दिए ।

असार २३ गते पक्राउ परेका महतोलाई थप अनुसन्धानको लागि जिल्ला अदालत बबरमहलबाट ७ दिन म्‍याद थप गरेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?