Comments Add Comment

संसद विघटनको मुद्दामा अड्कियो एमालेको वार्ता

२७ असार, काठमाडौं । सत्तारुढ नेकपा एमालेमा विवाद समाधानका लागि गठित कार्यदलको वार्ता सर्वोच्च अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटनको मुद्दामा अड्किएको छ ।

कार्यदलका नेताहरु आइतबार विहानदेखि सिंहदरबारस्थित अर्थ मन्त्रालयमा छलफलमा छन् । दिउँसो कार्यदलका सदस्य घनश्याम भुसाल वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न उनकै निवासमा पुगेका थिए । आइतबार साँझ कार्यदलका सदस्य विष्णु पौडेल बैठक स्थलबाट बाहिरिएका छन् ।

कार्यदलका एक सदस्यका अनुसार छलफल सर्वोच्च अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटनको विषयमा अडिएको छ ।

स्रोतका अनुसार ओली पक्षले अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटनको मुद्दामा पार्टीको भावना कायम हुने गरी निर्णय लिइने उल्लेख गर्नुपर्ने प्रस्ताव गरेको छ ।

तर वरिष्ठ नेता नेपालले अदालतलाई प्रभावित पार्ने वा हस्ताक्षर फिर्ता गर्ने कुनै शब्द सहमतिमा राख्न आफू तयार नभएको बताएका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा शेरबहादुर देउवासहित १४६ सांसदले रिट दिँदा एमालेका २३ सांसदले हस्ताक्षर गरेका छन् । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा संवैधानिक इजलासमा बहस सकिएर हेर्दाहेर्दैमा राखिएको छ र सोमबार पेशी तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment