२८ असार, काठमाडौं । विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिचले सातौं वरीयताका इटालियन खेलाडी माटेओ बेरेट्टिनीलाई पराजित गर्दै छैटौं पटक विम्बल्डन ओपनको उपाधि जितेका छन् ।
आइतबार अल इंग्ल्याण्ड क्लबमा भएको फाइनलमा जोकोभिचले पहिलो सेट गुमाए पनि त्यसपछि पुनरागमन गर्दै लगातार तीन सेट जिते ।
जोकोभिचले बेरेट्टिनीलाई ६-७, ६-४, ६-४, ६-३ ले पराजित गरे । सर्वियन खेलाडी जोकोभिचले लगातार तेस्रो पटक विम्बल्डन जितेका हुन् ।
यस उपाधि पछि जोकोभिचले सर्वाधिक २० ग्राण्ड स्लाम उपाधि जित्ने स्वीस रोजर फेडेरर र स्पेनिस राफेल नाडालको कीर्तिमान बराबरी गरेका छन् ।
३४ वर्षीय जोकोभिचले यस वर्ष अष्ट्रेलियन ओपन र फ्रेन्च ओपन समेत जितिसकेका छन् । उनले ९ पटक अष्ट्रेलियन ओपन, तीन पटक युएस ओपन र दुई पटक फ्रेन्च ओपन जितेका छन् ।
जोकोभिचले सन् १९६९ मा रोड लेभरपछि एकै सिजन तीन मुख्य उपाधि जित्ने पहिलो खेलाडी बने ।
अब जोकोभिच युएस ओपन जित्दै क्यालेन्डर ग्लाण्ड स्लाम जित्ने लक्ष्यमा छन् । ५२ वर्षे रोड लेभरले यो उपलब्धि हासिल गरेका थिए ।
प्रतिक्रिया 4