+
+

उच्च अदालत इलाम इजलासकी कर्मचारी मृत भेटिइन्

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २८ गते १२:३४

२८ असार, इलाम । उच्च अदालत विराटनगरको इलाम इजलासकी एक जना कर्मचारी कार्यालय परिसरभित्रै मृत भेटिएकी छन् । कार्यालय सहयोगी सोलुखुम्बु घर भएकी ४८ वर्षीया विमला पराजुली मृत अवस्थामा भेटिएकी हुन् ।

जिल्ला प्रहरी कार्यालय, इलामका प्रमुख एसपी महेन्द्र श्रेष्ठका अनुसार शवमा बाहिरी चोटपटक देखिएको छैन । उनले भने, ‘शव चाहिँ घोप्टो परेको अवस्थामा छ ।’

उनका अनुसार अहिले अनुसन्धानका लागि तालिम प्राप्त कुकुरलाई पनि बोलाइएको छ । ‘डग स्निफिङपछि थप अनुसन्धान हुनेछ’ श्रेष्ठले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?