Comments Add Comment

अनलाइनबाट युवतीले अर्डर गरिन् ‘२ थप्पड’, भूपु प्रेमीको घरमा पुग्यो डेलिभरी

अहिलेको डिजिटल संसारमा सबै चिज केवल एक क्लिकमै उपलब्ध छन् । कोरोना भाइरस महामारीका कारण पनि मानिसहरु अहिले धेरै हदसम्म अनलाइन सेवामा निर्भर भएका छन् ।

अनलाइन सेवा प्रदायकका कारण अब उपभोक्ताले घरमै बसेर जुनसुकै कुरा पनि अर्डर गर्न सक्ने भए । यसैबीचमा सोसल मिडियामा एउटा फन्नी भिडियो भाइरस भैरहेको छ । जसमा अनलाइनमा अर्डर गरिएका सामान ग्राहकको घरसम्म पुर्‍याउने डेलिभरी ब्वाएले एकजना युवकमाथि थप्पड हानिरहेको देखिन्छ ।

भूपु गर्लफ्रेण्डले अर्डर गरेकी थिइन् थप्पड

अहिलेसम्म तपाईंले आफ्नो घरको खानेकुरा, लत्ता कपडालगायतका चिजबिजहरु अनलाइनमा अर्डर गर्नुभएको छ होला । तर एकजना युवतीले चाहिँ अनौठो कृत्य गरिछिन् । उनले आफ्नो भूपु ब्वाइफ्रेण्डको लागि दुई जोडदार थप्पड अर्डर गरिछिन् अनलाइनमा ।

सोही बमोजिम एक डेलिभरी ब्वाए ती अर्डर गर्नेवाला युवतीको भूपु प्रेमीको घर पुगेर उनका दुवै गालामा एक एक थप्पड मार्दछ ।

आफ्नो गालामा बर्साइएको चड्कनको कारणबारे उक्त युवकले भेउ पाउँदैनन् । तब डेलिभरी ब्वाएले त्यसको कारण खुलाउँदै ती युवककी भूपु गर्लफ्रेण्डले उनका लागि दुई थप्पड अर्डर गरेको जानकारी दिन्छ । दुई जोडदार थप्पड ग्राहक समक्ष पुर्‍याएसँगै डेलिभरी ब्वायले ती थप्पड खाने युवकसँग एउटा कागजमा सामान बुझेको भरपाई गराउँदछ ।

अझ जाँदाजाँदै उक्त डेलिभरी ब्वाएले अर्को रोचक जानकारी पनि दिन्छ त्यो युवकलाई । वास्तवमा भूपु गर्लफ्रेण्डले आफ्नो भुपु ब्वाइफ्रेण्डका लागि दुई मुक्का अर्डर गर्न चाहेकी थिइन् तर त्यसको लागत धेरै पर्ने भएपछि दुई थप्पडमा चित्त बुझाएकी हुन् ।

हुनत यो भिडियो केवल हँसिमजाकका लागि हो र एउटा कमेडी युट्युब च्यानलबाट साभार गरिएको हो । तर यसले अहिलेको अनलाइनको जमानामा जे पनि सम्भव हुन थालेको छ भन्ने देखाएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment