+

१४ औं साग २०२३ मार्चमा पाकिस्तानमा हुने

२०७८ असार  २८ गते १५:४७ २०७८ असार २८ गते १५:४७
१४ औं साग २०२३ मार्चमा पाकिस्तानमा हुने

२८ असार, काठमाडौं । १४ औं संस्करणको दक्षिण एसियाली खेलकुद (साग) सन् २०२३ मार्चमा पाकिस्तानमा आयोजना हुने भएको छ ।

साउथ एसियन ओलम्पिक काउन्सिलको सोमबार बसेको भर्चुअल बैठकले १४ औं साग २०२३ मार्चमा पाकिस्तानले गर्ने निर्णय भएको नेपाल ओलम्पिक कमिटीले जनाएको छ ।

१४ औं सागको आयोजकको रुपमा यसअघि नै पाकिस्तानलाई झण्डा हस्तान्तरण गरिएको थियो । सागको आयोजक स्वतः साउथ एसियन ओलम्पिक काउन्सिलको अध्यक्ष रहने व्यस्थाअुसार पाकिस्तान ओलम्पिक कमिटीका अध्यक्षको अध्यक्षतामा बैठक बसेको हो । जसमा नेपाल ओलम्पिक कमिटीका महासिचव निलेन्द्र राज श्रेष्ठले सहभागिता जनाएको ओलम्पिक कमिटीले जनाएको छ ।

प्रतियोगितमा महिल र पुरुष गरी २७ खेलहरु समावेश हुने ओलम्पिक कमिटीले जनाएको छ ।

साग आयोजना हुने खेलस्थल निरीक्षण गर्न साउथ एसियन ओलम्पिक कमिटीका ओलम्पिक कमिटीहरुलाई सन् २०२१ को अन्त्यमा निमन्त्रणा गर्ने निर्णय भएको छ ।

बैठकमा भारत, बंगलादेश, श्रीलंका, माल्दिभ्स र भुटान ओलम्पकि कमिटीका अध्यक्ष तथा महासचिवको उपस्थिती रहेको थियो ।

यसअघि १३ औं साग २०१९ डिसेम्बरमा नेपालमा आयोजना भएको थियो ।

१४ औं साग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय