Comments Add Comment

राजेश हमालले सुरु गरे म्युजिक भिडियोको काम

गतवर्षको लकडाउनपछि म्युजिक भिडियो निर्माणको बाढी नै आयो । चलचित्र क्षेत्रका गतिविधि शून्य भए पनि म्युजिक भिडियो छायांकनका गतिविधि चल्मलाए । चलचित्रमा काम नभएपछि थुप्रै अभिनेता/अभिनेत्रीले म्युजिक भिडियोको कामलाई अगाडि बढाए । जसमा अभिनेता राजेश हमाल अग्रपंक्तिमा रहे । गत वर्ष लकडाउनपछि उनले अभिनय गरेका एकपछि अर्को म्युजिक भिडियो सार्वजनिक भएका थिए ।

यसवर्ष पनि निषेधाज्ञा खुकुलो भएसँगै म्युजिक भिडियो छायांकनले गति लिएको छ । चलचित्रका गतिविधि ठप्प हुँदा म्युजिक भिडियो छायांकनका गतिविधि भने यतिबेला धमाधम भइरहेका छन् । यसवर्ष पनि चलचित्रका थुप्रै अभिनेता/अभिनेत्री म्युजिक भिडियोमार्फत काममा फर्किसकेका छन् ।

अभिनेता राजेश हमालले पनि म्युजिक भिडियोको काम थालनी गरेका छन् । चार वर्षपछि ‘सत्यम्’मार्फत् चलचित्रको पर्दामा फर्किने हमालको तयारी थियो । उनले चलचित्रको काम सुरु भएपछि म्युजिक भिडियोमा काम नगर्ने बताएका पनि थिए । तर, चलचित्रको काम कहिलेदेखि सुरु हुने भन्ने अन्यौल रहँदा म्युजिक भिडियोमा काम गर्न सुरु गरेका हुन् ।

उनले सोमबार निषेधाज्ञापछि पहिलो म्युजिक भिडियोमा अभिनय गरेका छन् । अजय कार्कीको स्वरमा रहेको ‘हामी देश बचाँउ’बोलको देशभक्ति गीतमार्फत् राजेशले म्युजिक भिडियोको काममा आफूलाई फर्काएका हुन् । उनले अन्य केही म्युजिक भिडियोमा पनि काम गर्ने पक्का गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment